सामुदायिक सहकारीको २४औं साधारणसभा

सामुदायिक बचत तथा ऋण सहकारी संस्था दाङको २४औं वार्षिक साधारणसभा घोराहीमा सम्पन्न भएको छ ।
कार्यक्रममा सरोकारवालाहरुले राष्ट्रिय अर्थतन्त्रका लागि सहकारीको महत्वपूर्ण भूमिका भएको बताएका थिए । उनीहरुले देश विकासको महत्वपूर्ण अंगको रूपमा सहकारी रहेको बताएका थिए ।
साधारण सभाको अवसरमा उत्कृष्ट सदस्यहरुलाई सम्मान गरिएको थियो । स्थापनादेखि संस्थाको विकसका लागि महत्वपूर्ण योगदान पुर्याउने जेष्ठ नागरिक, असल बचतकर्ता, उत्कृष्ट बचत समूह, असल ऋणीलाई सम्मान गरिएको थियो ।