Logo

नेपाल एसबिआई बैंक र भन्सार विभागबीच सम्झौता

नेपाल एसबिआई बैंक र नेपाल सरकार भन्सार विभागबीच सम्झौता भएको छ ।
भन्सार सरकारी कारोबारलाई बनाउन कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीको परिसरमा बैंक एक्स्टेन्सन काउन्टर खोल्ने सम्झौता भएको हो । विभागका महानिर्देशक कमलप्रसाद भट्टराई र बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत मोहम्मद रिजवान आलमले सम्झौतापत्रमा हस्ताक्षर गरे ।
बैंकले देशका विभिन्न स्थानमा ९१ शाखा, २१ एक्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय, १० शाखारहित बैंकिङ तथा १ कर्पोरेट अफिसका साथै १३० एटीएमबाट आफ्नो सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्