Logo

वार्षिक स्वास्थ्य समीक्षा सम्पन्न

सर्लाहीको गोडैता नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा वार्षिक स्वास्थ्य समीक्षा कार्यक्रम सम्पन्न भएको छ ।
स्वास्थ्य सूचांकहरूमा सबैभन्दा बढी अंक ल्याउने स्वास्थ्य चौकीका प्रमुखलाई नगरप्रमुख देवेन्द्रकुमार यादवले प्रशंसा पत्रसहित सम्मान गरेका थिए । बर्थिंग सेन्टर भएका स्वास्थ्य चौकीका हकमा ५० र नभएका हकमा ४० अंकमा स्वास्थ्य सूचकको मापन गरिएको थियो । बर्थिङ सेन्टर भएका स्वास्थ्य चौकीमा सिसौटिया पहिलो, बगदह दोस्रो र रोहुवा तेस्रो भएका छन् भने बर्थिंङ सेन्टर नभएकामा बेल्वाजब्दी पहिलो, गोडैता दोस्रो र बकैनिया तेस्रो भएका छन् ।
गोडैता नगरपालिकाको सभाहलमा सम्पन्न कार्यक्रममा नगर प्रमुख देवेन्द्रकुमार यादवले गोडैता नरपालिकाले नगरको स्वास्थ्यलाई पहिलो प्राथमकितामा राखेर ठूलो लगानी गरेको बताए । स्वास्थ्यका केही सूचांकहरूमा सुधारका आवश्यक रहेको बताउँदै उनले एक वर्षभित्रमा नगरका सबै सूचांकहरूमा उल्लेखनीय सुधार ल्याउने प्रतिबद्धता व्यक्त गरे । उनले नगरपालिकाको प्रशासकीय भवनको निर्माण कार्यसमेत छिट्टै सुरु हुने दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्