खसीबोका बिक्री बुधबारबाट «

खसीबोका बिक्री बुधबारबाट

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दसैंका लागि बुधबारबाट खसी, बोका र च्यांग्रा बिक्री गर्ने भएको छ । कम्पनीले बुधबारबाट बिक्री गर्ने खसी, बोका र च्यांग्राको मूल्य पनि तोकेको छ । यो वर्ष खसीबोकाको मूल्य गत वर्षको दसैंको तुलनामा प्रतिकेजी १ सय ३० रुपैयाँ बढेको छ । अघिल्लो वर्ष प्रतिकेजी ५ सय ५० रुपैयाँमा खसीबोका बिक्री गरेको थियो ।
कम्पनीका अनुसार जिउँदो खसीबोकाको मूल्य ६ सय ८० प्रतिकिलो तोकिएको छ भने च्यांग्राको मूल्य प्रतिकेजी १२ सय ६० रुपैयाँ तोकिएको छ । कम्पनीले दसैंमा करिब २ हजार खसीबोका र १ हजार च्यांग्र्रा बेच्ने योजना बनाएको भए पनि ६ सय च्यांग्रा र १८ सय खसीबोका मात्रै बेच्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्