सानिमा बैंकको क्यास डिपोजिट मेसिन सञ्चालन «

सानिमा बैंकको क्यास डिपोजिट मेसिन सञ्चालन

सानिमा बैंकले ग्राहकहरुको सुविधाका लागि नगद डिपोजिट मेसिन सञ्चालनमा ल्याएको छ ।
उक्त मेशिनबाट ग्राहक आफैंले खातामा रकम जम्मा गर्न सक्ने बैंकले जनाएको छ । यस सुबिधाबाट ग्राहकलाई काउन्टरमा लाइन बस्नपर्ने झन्झटबाट मुक्त तथा समयको बचत हुने विश्वास लिएको बैंकले जनाएको छ ।
हाल उक्त मेशिनबाट ग्राहकले ५०० र १००० दरका एक लाख भन्दा कम नेपाली नोट रकम जम्मा गर्न सक्नेछन् । यसरी रकम जम्मा भएपछि ग्राहकले जम्मा रसिद प्राप्त गर्नेछन् । हाल यो सुबिधा बैंकको केन्द्रिय कार्यालय नक्सालबाट प्राप्त हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्