एनएमबि बैंकले प्लास्टिकरहित बजार सञ्चालन गर्ने

एनएमबि बैंकले स्वदेशी सीप, स्वदेशी उत्पादनको दिगो प्रवद्र्धन र प्रोत्साहन हुने गरी प्लाष्टिकरहित बजारको आयोजना गर्न लागेको छ ।
एनएमबि बैंकले दसैं र तिहारलाई लक्षित गरी उक्त बजार आयोजना गर्न लागेको छ, जसमा ६० भन्दा बढी स्टलहरु राख्ने जानकारी दिएको छ । बैंकले आफ्ना ग्राहकलाई कर्जा प्रदान गर्ने मात्र नभई ग्राहकको उत्पादनलाई बजारमा प्रवद्र्घन गर्न सहजगराउन सम्पूर्ण आवश्यक सामग्रीहरु एकै स्थानमा उपलब्ध हुने गरी यस बजार आयोजना गर्न लागेको हो ।
बजारमा जुत्ता, लताकपडा, चिया, केक, ह्याण्डीक्राफ्ट, साबुन, सर्फ, झोला लगायत दैनिक जीवनमा आवश्यक सामान क्यूआर/पोसमार्फत सहुलियत मूल्यमा खरिद गर्न सकिने जानकारी गराइएको छ । बैंकले ८ असोजमा सानेपास्थित हेरिटेज गार्डेनमा बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म आयोजना गर्ने छ ।