Logo

हिमालयन बैंकको नगद डिपोजिट मेसिन

हिमालयन बैंकले काठमाडौंको न्युरोड शाखामा नगद डिपोजिट मेसिन सञ्चालनमा ल्याएको छ ।
सो क्यास डिपोजिट मेसिनबाट सेवाग्राहीले कुनै पनि समयमा सहजै आफ्नो खातामा रकम जम्मा तथा झिक्न सक्ने छन् । सो मेसिनबाट रकम जम्मा गर्दा एटीएम कार्डको प्रयोग बिना सिधा खाता नम्बर प्रविष्ट गरी जम्मा गर्न सकिने बैंकले जनाएको छ । मेसिनबाट जम्मा गरिएको सो रकम तत्कालै खातामा जम्मा हुनेछ जसले गर्दा खातावालाले तुरुन्तै कारोबार गर्न सक्नेछन् ।
हिमालयन बैंकको यस सुविधाले आफ्ना ग्राहकलाई बंैकिङ कारोबारको समय अघि–पछि पनि थप सुविधा मिल्ने विश्वास लिएको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्