शनिबार नर्भिकले बृहत् नि:शुल्क स्वास्थ्य शिविर गर्ने «

शनिबार नर्भिकले बृहत् नि:शुल्क स्वास्थ्य शिविर गर्ने

थापाथलीस्थित नर्भिक इन्टरनेसनल हस्पिटलले बृहत् स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ ।
अस्पतालले आगामी असोज १ गते शनिबारका दिन काठमाडांैको कमलपोखरीस्थित अग्रवाल भवनमा बृहत् र नि:शुल्क स्वास्थ्य शिविर आयोजना गर्न लागेको हो ।
बिहान ९:३० बजेदखि १:३० बजेसम्म सञ्चालन हुने स्वास्थ्य शिविरमा मुटुरोग, स्त्री तथा प्रसूति, ग्यास्ट्रिक, हाडजोर्नी र जनरल फिजिसियनसम्बन्धी विशेषज्ञ सेवा नि:शुल्क पाइनेछ ।
अस्पतालका अनुसार शिविरमा इसीजी, सुगर, भाइटल्स लगायतका नि:शुल्क परामर्श सेवा समेत उपलब्ध हुनेछ ।
अस्पतालले बृहत् नि:शुल्क स्वास्थ्य शिविरमा सहभागी हुन चाहनेका लागि अग्रिम नाम दर्ताको व्यवस्था समेत गरेको छ । त्यसका लागि इच्छुकले ०१५९७००३२ मा सम्पर्क गरी आफ्नो वा शिविरमा सहभागी हुन चाहनेको नाम अग्रिम दर्ता गराउन सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्