प्रभु बैंकको नयाँ शाखा पुनर्वासमा

प्रभु बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गरी सेवाग्राहीहरूलाई सरल र सहज रूपमा अत्याधुनिक प्रविधिसहितको गुणस्तरीय बैंकिङ सेवा पुरयाउने उद्देश्यका साथ बुधबारदेखि कञ्चनपुर जिल्ला पुनर्वास नपा–३ स्थित पुनर्वासमा शाखा कार्यालय खोली कारोबार सञ्चालनमा ल्याएको छ । उक्त शाखाको पुनर्वास नपाका नगर प्रमुख जीवनराज थापाले उद्घाटन गरेका थिए । शाखा कार्यालय उद्घाटन कार्यक्रममा कञ्चनपुर जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरू, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, उद्योग वाणिज्य संंघ कञ्चनपुरका पदाधिकारीहरू, विभिन्न संघ–संस्थाका प्रतिनिधिहरू, स्थानीय व्यापारी, बुद्धिजीवीलगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति थियो ।