हिमालयन बैंक पुरस्कृत

हिमालयन बैंक लिमिटेडलाई एशियाली विकास बैंक (एडिबि) ले ट्रेड एन्ड सप्लाइ चेन फाइनान्स प्रोग्राम अवार्ड २०२२ लिडिंग बैंक अफ नेपाल प्रदान गरेको छ । एशियाली विकास बैंकले हिमालयन बैंकलाई बैंकले एशिया प्रशान्त क्षेत्रमा ट्रेड फाईनान्सलाई प्रवद्र्धन गर्न खेलेको प्रभावकारी भुमिकाको सम्मानस्वरुप उक्त अवार्ड प्रदान गरेको जनाएको छ । बंैकका तर्फबाट सहायक महाप्रबन्धक सतीश राज जोशीले एडिबिद्वारा सिंगापुरमा गत मंगलबार आयोजित ट्रेड फाईनान्स प्रोग्राम अवार्ड समारोहमा उक्त अवार्ड ग्रहण गरेका थिए ।