गंगाजमुनामा दलित र विपन्नलाई नि:शुल्क स्वास्थ्य बिमा

उत्तरको हिमालय पर्वतदेखि दक्षिणको महाभारत लेकसम्म फैलिएको नेपालको एकमात्र धादिङ जिल्लाको भेगका साबिकका बसेरी, बूढाथुम, फूलखर्क, गुम्दी र रिगाउँ गाउँ विकास समिति गाभेर गंगाजमुना झरनाको नामबाट गंगाजमुना गाउँपालिका नामकरण गरिएको छ । १४४.०९ वर्गकिमि क्षेत्रफल भएको गाउँपालिकालाई ७ वटा वडामा विभाजन गरिएको छ । पूर्वमा खनियाँवास गाउँपालिका, पश्चिममा गोरखा जिल्लाको आरुघाट गाउँपालिका, उत्तरमा रुवीभ्याली गाउँपालिका र गोरखा जिल्ला र दक्षिणमा त्रिपुरासुन्दरी गाउँपालिका पर्छ ।
मुलुक संघीय संरचनामा गएपछि दोस्रो कार्यकालका लागि भएको स्थानीय तह सदस्य निर्वाचन २०७९ वैशाख ३० मा सम्पन्न निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिले कार्यभार सम्हाली गाउँसभाबाट नीति तथा कार्यक्रम र बजेट स्वीकृत गराइसकेका छांै । नीति तथा कार्यक्रमबाट गाउँपालिकाले गर्ने वार्षिक रूपमा गरिने कार्यक्रमहरूको प्राथमिकीकरण र बजेट विनियोजन गरेका छौं । हाम्रो वार्षिक कार्यक्रममा प्राथमिकीकरणमा परेका कार्यक्रमहरू : कृषिमा आधुनिकीकरण र व्यवसायीकरणमा जोड, पूर्वाधार विकास, शिक्षाक्षेत्रमा गुणात्मक सुधार, वातावरण र दिगो विकास, सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह, खानेपानी र सरसफाइ व्यवस्थापन, लैंगिक तथा सामाजिक समावेशीकरण, सूचना प्रविधिमा आधारित सेवा प्रवाह, उद्यमशीलता र सहकारिताको विकास, सदचार र सुशासन, र विपद् व्यवस्थापन उद्धार, राहत, पुन:स्थापना रहेका छन् । केही कार्यक्रमहरूलाई नाराका रूपमा अघि सारेका छांै । एक घर एक करेसाबारी, एक वडा एक उत्पादन उपाध्यक्ष उद्यमशीलता कार्यक्रमलाई निरन्तरता, सातवटै वडामा बाह्र महिना सार्वजानक यातायात सञ्चालन, स्वच्छ र सुलभ खानेपानीको उपलब्धता आजको आवश्यकता, एक घर एक धारा, महिला तथा अपाङ्ग तथा लैंगिक अल्पसंख्यक उद्यमीको स्वामित्वमा २५ प्रतिशत करमा छुट र अध्यक्ष छात्रवृत्ति कार्यक्रमको निरन्तरता ।
पाँच वर्षमा गाउँपालिका क्षेत्रभित्रका सबै परिवारको स्वास्थ्य बिमा गराउने लक्ष्यसहित दलित र विपन्न परिवारको स्वास्थ्य बिमा नि:शुल्क अर्थात् स्वास्थ्य बिमा गर्दा लाग्ने पैसा गाउँपालिकाले हाल्छौं । आर्थिक वर्ष २०७९/०८० मा सबै दलित परिवारको नि:शुल्क स्वास्थ्य बिमा गर्र्ने कार्यक्रमका लागि आवश्यक बजेट विनियोजन गरेर काम भइरहेको छ । दोस्रो वर्षबाट विपन्न परिवार (जुनसुकै जातजाति) को भए पनि गाउँपालिकाले बिमा रकम बेहोर्नेछ । आधारभूत स्वास्थ्य केन्द्र, स्वास्थ्यचौकी र फूलखर्क अस्पतालबाट आधारभूत स्वास्थ्य सेवा चुस्तदुरुस्त प्रवाह गर्ने गरी स्वास्थ्य संस्था सुदृढीकरण गर्ने र जनशक्ति व्यवस्थापन गर्नेछांै । यसैगरी बालशिक्षा सहयोगी कार्यकर्ता र विद्यालय कर्मचारीलाई सरकारी दरबन्दीअनुसारको तलब, सेवासुविधा पुर्याउनेछांै । अन्तर्राष्ट्रिय श्रम संगठन १६९ को सिद्धान्तमा रहेर कर्मचारीको सेवासुविधा व्यवस्था गरिनेछ । शिक्षा क्षेत्रमा गुणस्तरीय सुधारका लागि बुढानीलकण्ठजस्ता नाम चलेका अंग्रेजी माध्यमका विद्यालय सोसरहको स्तरमा वृद्धि गर्न सबै विद्यालयमा अंग्रेजी माध्यममा पढाउन तयारी सुरु गर्दै छौं । यस्ता कार्यक्रमले सामुदायिक विद्यालयप्रति जनविश्वास बढ्ने र विद्यार्थीहरूले गुणस्तरीय शिक्षा पाउनेछन् । दलित र विपन्न परिवारका विद्यार्थीलाई एमबीबीएस पढ्न वार्षिक १ लाख दिने कार्यक्रम छ । बाली विज्ञान विषयमा माध्यमिक तहमा प्राविधिक धारको पढाइ भइरहेको छ । अरू विषयको सञ्चालन गर्ने तयारी गरिरहेका छांै ।
एक घर एक धारोमार्फत खानेपानी र सरसफाइमा कार्यक्रमहरू निरन्तर छन् । अबको दुई वर्षमा सबै परिवारमा खानेपानी सुविधा पुर्याउँछौं । मेरा गाउँपालिकामा पूर्ण विद्युतीकरण भएको छ । अब नांगो तार विस्थापित गरी कालो तार हाल्ने कार्यक्रम यसपालिबाट सुरु गरेका छौं । वडा नं. २ को तावलका ३ सय ५० घरमा लगिएको नांगो तार विस्थापित गर्न २८ लाखको ठेन्टर भइसकेको छ । पाँच वर्षमा नांगो तार विस्थापित गर्ने गरी कार्यक्रम तय गरेका छांै । कृषि क्षेत्र खास गरी निर्वाहमुखी छ । यसलाई बढावा दिनका लागि एक घर एक करेसाबारीको अवधारणा अघि सारेका छौं । पशुपालन तथा स्थानीय जातका कुखुरा प्रवद्र्धन गरी आयआर्जनमा वृद्धि गर्ने गरी कार्यक्रम गर्छौं । बाख्रापालनको राम्रो सम्भावना छ । बर्खे आलु खेती यहाँको पहिचान र आम्दानीको स्रोत बन्न सक्छ । आलु खेती प्रवद्र्धनमा जोड दिन्छौं । कृषि तथा पशुपन्छी बिमा कार्यक्रम प्राथमिकताका साथ अघि बढाउँछांै । पुरस्कार, प्रोत्साहन र बिमा कृषि विकासको औजारका रूपमा विकास गर्छौं ।
सडक निर्माण कार्यमा नयाँ थालनी गरेका छौं । नयाँ सडक खन्ने काम पूर्ण रूपमा बन्द गरेका छौं । हामी सातवटै वडामा बाह्रै महिना यातायात सुचारु गर्ने कार्यक्रम गए बर्खामा गरेका छौं । अब सडकको स्तरोन्नति गर्ने काम (चौडा, नाली, ग्राभेल, ढलान, कल्भर्ट) गर्छौं । कालो पत्र गर्न आवश्यक पूर्वाधार बनाउँछौं । सातवटै वडाबाट गाउँपालिका सडक सञ्जाल सञ्चालन भएपछि नागरिकहरूलाई यातायातमा पहुँच वृद्धि हुन्छ । ती वडाबाट राष्ट्रिय सडक सञ्जालमा जाने बाटोहरूको पनि स्तरोन्नति गर्न लागिपरेका छौं ।
महिलालाई आर्यआर्जनमा जोड्न उपाध्यक्ष उद्यमशीलता कार्यक्रम बनाएका छौं । बालबालिकालाई पोषण र शिक्षा कार्यक्रम बनाएका छौं । अध्यक्ष छात्रवृत्ति कार्यक्रम सञ्चालन गरिरहेका छौं । वृद्धवृद्धाहरूका लागि सामाजिक सुरक्षा भत्ता बैंकमार्फत टोलटोलमा पुर्याउने व्यवस्था मिलाएका छौं । ऐतिहासिक गंगाजमुना झरनाको प्रवद्र्धन गर्न पर्यटन बोर्डसँग साझदारीमा संरचना निर्माण भइरहेको छ । पासाङचोक महादेवको मन्दिर क्षेत्रको विकासका लागि गुरुयोजना बनाएका छौं । यहाँ कफी, टिम्बुर र लप्सीलाई प्रवद्र्धन गरी आर्यआर्जन बढाउन कार्यक्रमहरू रहेका छन् ।
सदाचार र सुशासनका लागि प्रविधिमा आधारित सेवा प्रवाह गर्न उपलब्ध कर्मचारीहरूबाट काम गरिरहेका छौं । यद्यपि कर्मचारीहरू आवश्यक संख्यामा संघ प्रदेशबाट पठाएका छैन । गाउँपालिकाले पनि राख्न सकेको छैन । संघीयताको मर्मअनुसार काम गर्न जनशक्ति पूर्ण छैन । राजनीतिक निर्णय हँुदैमा नागरिकले सहज सेवा पाउँछन् भन्ने हुँदैन । निर्णय कार्यान्वयन गराउन दक्ष जनशक्ति अर्थात् कर्मचारी आवश्यक हुन्छ । कर्मचारी पर्याप्त नहुँदा काम लक्ष्यअनुसार हुन सक्दैन ।