Logo

संघीयताको प्रत्याभूति गर्न नपाएको व्यवसायीको गुनासो

मकवानपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष उज्वल चौलागाईंले निजी क्षेत्रले संघीयता प्रत्याभुत गर्न नसकेको बताएका छन् ।
सोमबार बागमती प्रदेशको राजधानी हेटौंडामा भएको संघीयता कार्यान्वयन सम्बन्धी कार्यक्रममा चौलागाईंले संघीयता आइसकेपछि पनि अझै लगानीमैत्री वातावरण हुन नसकेको बताए । उनले उद्योग दर्ता र नविकरणका लागि काठमाडौं जानुपर्ने बाध्यता अझै कायम रहेको उल्लेख गर्दै निजी क्षेत्रका लागि संघीयता आउन नसकेको बताए ।
व्यवसायी बद्रिनाथ शर्माले संघीयताले निजी क्षेत्रको मानमर्दन गर्ने काम गरेको आरोप लगाए । उनले तीन तहको सरकारले उद्योगी व्यवसायीलाई औद्योगिक क्षेत्रमा जथाभावी भाडा बढाएर आतंकितसमेत बनाएको आरोप लगाए । शर्माले तीन तहका सरकारहरुले निजीलाई आतंकित बनाएर जाने हो भने संघीयता कार्यान्वयनमा चुनौती रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्