हिमालयन बैंकद्वारा शिक्षण अस्पतालमा विश्राम कक्ष निर्माण

हिमालयन बैंकले त्रिवि शिक्षण अस्पतालमा कार्यरत चिकित्सकहरूका लागि विश्राम कक्ष निर्माण गरिदिएको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व निर्वाह गर्ने कार्य स्वरूप उक्त विश्राम कक्ष निर्माण गरिदिएको हो ।
अस्पतालमा कार्यरत चिकित्सकहरूका लागि यो कक्ष निकै उपयोगी हुने विश्वास बैंकले लिएको छ । बैंकका सञ्चालक समितिका अध्यक्ष मनोजबहादुर श्रेष्ठ र त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रेम खड्गाले संयुक्त रूपमा सोमबार एक समाहरोहकाबीच उक्त विश्राम कक्षको उद्घाटन गरी अस्पताल व्यवस्थापनलाई हस्तान्तरण गरे ।
उक्त अवसरमा बैंकका अध्यक्ष मनोजबहादुर श्रेष्ठले त्रिवि शिक्षण अस्पतालमा विश्राम कक्ष निर्माण गर्न पाउँदा खुसी व्यक्त गरे । त्यस अस्पतालमा कार्यरत चिकित्सक तथा कर्मचारीहरूलाई बैंकले उपलब्ध गराउने सेवा उपभोगका लागि आग्रह गरेका थिए । साथै बैंकले यी जस्तै अत्यावश्यक क्षेत्रहरूमा आगामी दिनहरूमा आफ्नो सामाजिक उत्तरदायित्व निर्वाह गर्ने बताउँदै सोही अवसरमा त्रिवि शिक्षण अस्पताल निर्माण गर्दाका क्षणहरूका बारेमा आफ्नो अनुभव व्यक्त गरे ।
त्यस्तै त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रेम खड्गाले हिमालयन बैंकको सहयोगमा निर्माण भएको विश्राम कक्षले लगातारको कामबाट थकित चिकित्सकहरूका लागि केही समय विश्राम गर्ने ठाउँ बनाइदिएकोमा धन्यवाद प्रदान गरे ।