Logo

खोटाङ जिल्ला अस्पतालमा कोभिडको बिरामी बढदो

खोटाङ जिल्ला अस्पताल खोटाङमा कोभिडको बिरामी बढन थालेका छन् गत साउनदेखि नै कोभिडको बिरामी बढन थालेका छन् जिल्ला अस्पतालमा दिक्तेलमा उच्च ज्वरो आउने, टाउको दुख्रे, जोर्नी, दुख्रे शरीर थाक्ने र गल्ने लगायतका लक्षण देखिन थालेका छन् ।

जिल्ला अस्पताल खोटाङमा ओपिडीमा चेक जाचँ आएको मध्य ७० देखि ७५ प्रतिशत बिरामी कोभिड १९ को लक्षण देखिएका छन् । उच्च ज्वरो आउने टाउको दुख्रे जोर्नी दुख्रे व्यक्तिमा कोभिड देखिने जिल्ला अस्पताल खोटाङ प्रमुख डा नितु लामा बताए ।

अघिल्लो वर्षहरुमा जिल्लामा कोरोना संक्रमण उच्च रहनुका साथै मानवीय क्षति भए पनि स्वाथ्य सावधानी लगायतका व्यवस्थापन चुस्त दुरुस्त थियो अहिलेका स्थानीय सरकारहरुले कोरोना प्रति त्यति चासो राख्दैन कोरोना संकमण जिल्ला भर संक्रमण बढन थालेका छन् अस्पतालका व्यवस्थापन फितलो स्थानीय सरकाले ध्यान नदिँदा चेक गर्न आएका सर्वसाधारण तथा बिरामी पनि घन्टौंसम्म लाइन बस्नुपर्ने बाध्यता छ ।

यस अघि स्थानीय सरकारले कराडौ खर्च गरेर निमार्ण गरेका अस्पातल क्वारेन्टिन, उपकरण सामग्री अहिले अत्तोपत्तो छैन । स्थानीय सकारले यस विषयमा बेलैमा ध्यान जानु जरुरी देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्