सनराइज बैंकद्वारा बीपी स्वास्थ्य प्रतिष्ठानलाई सहयोग

सनराइज बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कार्यहरु गर्ने क्रममा धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिरामी बोक्ने ट्रली र ह्विलचियर हस्तान्तरण गरेको छ ।
बैंकका नायब प्रमुख कार्यकारी अधिकृत आरती राज्यलक्ष्मी राणाले ट्रली र ह्विल चियर प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीलाई हस्तान्तरण गरिन् ।
बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत देशका सातै प्रदेशमा स्वास्थ्य, शिक्षा, वातावरण र वित्तीय साक्षरतामा विशेष प्राथमिकता दिएर काम गरिरहेको राणाले जानकारी दिइन् । सोही कार्यक्रममा प्रतिष्ठानका उपकुलपति ज्ञानेन्द्र गिरीले अस्पताललाई आवश्यक सामग्री सहयोग गरेकोमा बैंकलाई धन्यवाद ज्ञापन गरे ।
बैंकले हरेक वर्ष आफ्नो नाफाको १ प्रतिशत संथागत सामाजिक उत्तरदायित्वमा खर्च गर्दै आएको छ। गत वर्ष मात्र पनि नारी स्वास्थ्य र क्यान्सरसम्बन्धी सचेतना लगायत विभिन्न १५० भन्दा बढी कार्यक्रमहरु गरेको बैंकले जनाएको छ।