लघुवित्तविरुद्ध संघर्ष गर्नेलाई कारवाही गर्न निर्देशन «

लघुवित्तविरुद्ध संघर्ष गर्नेलाई कारवाही गर्न निर्देशन

गृह मन्त्रालयले लघुवित्तविरुद्धको संघर्ष समितिलाई कारबाही गर्न निर्देशन दिएको छ ।
मन्त्रालयले एक निर्देशन जारी गर्दै विपन्न र उत्पीडित नागरिकको जीवनस्तर उकास्ने लघुवित्त संस्थाहरुप्रति भ्रामक र कपोकल्पित आरोपहरु लगाई भ्रम छर्ने कार्य सुरु भएकाले यसविरुद्ध कारबाही गर्न निर्देशन दिएको हो ।
देशको प्रचलित कानूनबमोजिम दर्ता भई नियमक निकायबाट सञ्चालनमा रहेका लघुवित्त संस्थाहरुप्रति हाल केही व्यक्ति तथा लघुवित्तविरुद्ध संघर्ष समिति नामको अवैधानिक समूहले सुनियोजित रुपमा लघुवित्त संस्थाहरुप्रति भ्रम छर्न भ्रामक र कपोलकल्पित आरोपहरु लगाएको भन्दै यस्ता कार्य तत्काल बन्द गर्नसमेत गृहले निर्देशन गरेको छ । लघुवित्त संस्थाविरुद्ध अनेक किसिमका धन्दा चलाउनेविरुद्ध आवश्यक कारबाहीका लागि गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई दिर्नेशन दिइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्