सिद्धार्थ म्युचुअल फण्डको प्रतिफल घोषणा «

सिद्धार्थ म्युचुअल फण्डको प्रतिफल घोषणा

सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सिद्धार्थ क्यापिटल योजना व्यवस्थापक रही सञ्चालनमा रहेको सिद्धार्थ इक्वीटी फण्ड, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ तथा सिद्धार्थ व्यवस्थित लगानी योजनाको आर्थिक वर्ष २०७८/०७९ को लेखापरीक्षण कार्य सम्पन्न भएको छ ।
योजनाको लेखापरीक्षण कार्य सम्पन्न भएलगत्तै योजना व्यवस्थापक सिद्धार्थ क्यापिटलले आर्थिक वर्ष २०७८/०७९ का लागि सिद्धार्थ इक्वीटी फण्ड तथा सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ का इकाई धनीलाई ९ प्रतिशत र १० प्रतिशत (कर सहित)का दरले हुन आउने रकम प्रतिफल वितरण गर्ने निर्णय गरेको छ ।
साथै, सिद्धार्थ व्यवस्थित लगानी योजनाको आ.व.२०७८/०७९ का लागि प्रतिफल घोषणा नगर्ने निर्णय गरेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्