Logo

नाथमलाई त्रिविले समन्वय नगरेपछि केयूसँग समन्वय

त्रिभुवन विश्वविद्यालयले नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)लाई प्रदेशमा विस्तार गर्ने सर्त राखेपछि काठमाडौं विश्व विद्यायलसँग अनुमति लिएको छ ।

होटल व्यवस्थापन र ट्राभल टुरिजममा नयाँ दक्ष जनशक्ति उत्पादन गरी स्वदेश तथा विदेशमा परिचालन गर्ने लक्ष्यका केयू र न्याथमबीच साझेदारी गरिएको हो
आइतबार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पर्यटन शिक्षाको क्षेत्रमा अत्यावश्यक दक्ष जनशक्ति उत्पादनका लागि सहकार्य गर्न काठमाडौं विश्वविद्यालय र नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानबीच सम्झौता गरिएको हो ।
तत्कालीन पर्यटनमन्त्री स्वर्गीय रवीन्द्र अधिकारीको कार्यकालमा न्याथमलाई पर्यटन विश्वविद्यालयका रूपमा विकास गर्ने योजना अगाडि सारिएको थियो । मुलुक संघीयतामा गएसँगै प्रदेशबाट सेवा विस्तार गर्ने गरी प्रदेशका न्याथमको सेवा कार्यालय स्थापना गरेर पठनपाठन सुरु गर्ने गरी मन्त्रालयले योजना अगाडि सारेको थियो ।
यसरी २०७६ साउनमा पर्यटनमन्त्री योगेश भट्टराई नियुक्तपछि त्रिविका तत्कालीन डिन डिल्लीराज शर्मासँग छलफल गरी प्रदेशमा नाथम मातहतमा क्याम्पस स्थापना गर्ने औपचारिक छलफल गएको थियो । त्यसपछि नाथमको बोर्ड बैठकले यस सम्बन्धमा निर्णय समेत गरेको थियो । यसको लागि नाथमले काँकरभिट्टा, बर्दिवास र नेपालगन्जमा कार्यालय स्थापना गरेर लोकसेवाबाट पदपूर्तिसमेत गरेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो त्रिभुवन विश्वविद्यायले फिजिविलिटी अध्ययन गरिसकेर अनुमति तथा सम्बन्धन दिने समयमा भने यसरी दिन नसकनिे भयो भनेर उनै डिन शर्माले कुरा फेरेपछि नाथमको प्रदेशमा क्याम्पस स्थापना गर्ने बटो बन्द भएको थियो ।
पहिले दिन समिल्ने भनेर सबै प्रक्रिया पूरा गरेपछि अनुमति नदिएको तत्कालीन पर्यटनत सचिव महेश्वर न्यौपानेले बताए । उनले भने, “त्रिविले पहिले नाथमअन्तर्गतनै प्रदेशमा कलेज स्थापना गर्न प्रक्रिया अगाडि बढाउन भन्यौं तर पछि भने यसरी दिन नमिल्ने मन्त्रालय मातहत नै हुन पर्न लगायतका विभिन्न शर्त राखेपछि प्रक्रिया रोकिएको हो र केयूसँग सहकार्य गर्ने निर्यण भएको थियो ।” मन्त्रालयले नै प्रदेश मातहतमा कलेज सञ्चालन गर्नुपर्ने, मन्त्रालयले नै सम्पूर्ण जिम्मेबारी बहन गर्नुपर्ने लगायतका शर्त राखेपछि नाथमपछि हटेको जनाइएको छ ।
यता त्रिभुवन विश्वद्यिालयले भने अनुमति दिएको जनाएको छ । डिन शर्माले भने, “त्रविको कार्यकारी परिषद्ले निर्णय गरेर नाथमले प्रदेशमा सञ्चालन गर्न दिएको छ ।”
सोहीअनुसार काठमाडौं विश्व विद्यालय र नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानबीच भएको सम्झौता भएको मन्त्रालयले जनाएको छ । नाथमका निर्देशक राजेश उप्रेती र विश्वविद्यालयका देवी बिडारीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । होटल व्यवस्थापन र ट्राभल टुरिजममा दक्ष र गुणस्तिरीय जनशक्ति उत्पादन गर्र्न यसको लागि आवश्यक सहकार्य गरेर अगाडि बढ्ने ।

आर्थिक वर्ष २०७७/७८ मा प्रतिष्ठानको शाखा कार्यालय काँकडभित्ता बर्दिबास र र लुम्बिनी प्रदेशमा स्थापान गरिएको आगामी दिनमा पोखरा, धनगढीमा पनि शाखा स्थापना गरिने भनिएको छ ।
नाथमले प्रदेशमा विस्तारित संरचनामार्फत् जनशक्ति उत्पादन गर्ने दुवैतर्फका विज्ञताको प्रयोग गरेर नेपालको पर्यटन उद्योगलाई दक्ष र गुणस्तरीय जनशक्तिको उतपादन गर्ने भनिएको छ । केयू र नाथमले मौफलसलमा आतिथ्य व्यवस्थापनमा उच्च शिक्षाको अवसर विस्तार गर्न हाललाई बागमतीबाहेक तीनवटा प्रदेशमा तालिम तथा शैक्षिक कार्यक्रम तत्काल सुरु गरी क्रमश: अन्य तीन प्रदेशमा विस्तार गर्ने सम्झौतामा भनिएको छ ।
विश्वविद्यालयसँगको साझेदारीका माध्यमबाट आतिथ्य व्यवस्थापन विषयको अध्यय, अध्यापन र अनुसन्धान गर्ने, सम्बन्धित विषयमा प्राज्ञिक कार्यक्रम र पर्यटन उद्योग व्यवसायबीच कार्यक्रम सञ्चालन गर्ने । सम्झौता कार्यक्रममा बोल्दै मन्त्री जीवनराम श्रेष्ठले पर्यटकलाई गुणस्तरिय सेवा प्रदना गर्नको लागि जनशक्ति उत्पादनमा यसले ठूलो योग्दान दिने बताए ।
मन्त्री श्रेष्ठले नेपाली मौलिक तथा परम्परागत खाना विश्वका अन्य मुलुकको भन्दा कम नभएको दाबी थियो भने, नेपालको मौलिकतालाई पहिचान दिने गरी होटल व्यवस्थापनको क्षेत्रलाई विकास गरी नेपालको छुट्टै पहिचान बनाउन सकिने बताए । मन्त्री श्रेष्ठले अहिलेसम्म नेपाललाई सगरमाथा, गौतम बुद्ध जन्मभूमिका रूपमा प्रचार गरिएको भन्दै अब हस्पिटालिटी क्षेत्रको पनि प्रचार गर्न आवश्यक रहेको बताए ।
त्यस्तै कार्यक्रममा काठमाडौं विश्व विद्यालयका उपकुलपति डा. भोला थापाले पर्यटकले नेपालमा स्वीस, अष्ट्रियन हस्पिटालिटीभन्दा पनि नेपाली हस्पिटालिटी खोजेको बताए ।
थापाले नेपालले पूर्वीय आथित्यतालाई विश्वमा पुर्‍याउन सक्नुपर्ने आवश्यकता रहेको बताए । डा. थापाले नेपालले विश्वमा नै होटल व्यवस्थापनको क्षेत्रमा नेतृत्व लिनुपर्ने र नेपालले दक्ष जनशक्ति उत्पादन गरेर विश्वका अन्य मुलुकहरुमा जागिर खान पठाउने परम्पराको अन्त्य गर्नुपर्ने पनि बताए । पर्यटन शिक्षाको क्षेत्रमा अत्यावश्यक दक्ष जनशक्ति उत्पादनका लागि सहकार्य गर्न काठमाडौं विश्वविद्यालय र नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानबीच सम्झौता भएको हो ।

प्रतिक्रिया दिनुहोस्