Logo

रुवी भ्यालीलाई राष्ट्रिय सडक सञ्जालमा जोड्ने लक्ष्य

उत्तरको हिमाल पर्वतदेखि दक्षिणको महाभारत लेकसम्म फैलिएको नेपालको एकमात्र जिल्ला धादिङ हो । हिमाली भेगका साबिकका तिप्लिङ, सेर्तुङ र लापा गाविस गाभेर रुवी भ्याली गाउँपालिका नामकरण गरिएको छ । विश्वमै दुर्लभ बहुमूल्य खनिज रुवी यस पालिकामा प्रशस्त पाउन सकिन्छ । नजिकबाट पाविल हिमाल, गणेश हिमाललगायतका हिमश्रृंखलाको दृश्यावलोकन गर्न सकिन्छ । पूर्वमा रसुवा जिल्ला, पश्चिममा गोरखा जिल्ला, उत्तरमा चीन, तिब्बत, दक्षिणमा खनियावास र गंगाजमुना जोडिएको छ ।
मुलुक संघीय संरचनामा गएपछि २०७९ वैशाख ३० मा सम्पन दोस्रो कार्यकालका लागि भएको स्थानीय तह सदस्य निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिले कार्यभार सम्हाली गाउँसभाबाट नीति तथा कार्यक्रम र बजेट स्वीकृत गराइसकेका छन् । यस गाउँपालिकाको प्रशासनिक केन्द्र सेर्तुङ जिल्ला सदरमुकाम धादिङबेसीबाट करिब ७० किलोमिटर दूरीमा रहेको छ । यस पालिकामा अहिले पनि सबै वडामा मोटरबाटो पुगेको छैन ।
यो पालिका भौगोलिक तथा प्राकृतिक विविधताले भरिपूर्ण पालिका हो । यस पालिकालाई स्वर्गको एक टुक्राको उपमा दिन मिल्ने गरी विकास गर्ने योजना रहेको गाउँपालिका अध्यक्ष रामसिंह तामाङ बताउँछन् । उनी भन्छन्– हामी भौगोलिक तथा हावापानीका हिसाबले हामी जिल्लाकै सुसम्पन्न पालिकामा पर्छौं । तर, विकासका हिसाबले हामीले आधारभूत आवश्यकता पूरा गर्न सकेका छैनौं ।
धादिङबेसी–सेर्तुङ–पाङ्साङपास–रसुवा जिल्लाको सिमाना दोमदाङसम्मको १ सय किलोमिटर सडक स्तरोन्नतिका लागि बागमती प्रदेश सरकारको सहयोगमा विस्तृत परियोजना प्रस्ताव तयार गरेका छांै । अहिले गाउँपालिका कार्यालयसम्म अस्थायी रूपमा गाडी पुग्छ ।
यस सडकको स्तरोन्नति गरेपछि रुवी भ्याली राष्ट्रिय सडक सञ्जालमा जोडिन्छ । यसपछि रुवी भ्यालीभित्रका बस्तीमा सडक सञ्जाल पुर्‍याउन रुवी भ्याली चक्रपथ निर्माण गर्न बहुवर्षे योजनाअघि सारेका छौं । भ्याली भने पनि कडा र ठूला चट्टान फोरेर सडक बनाउन पर्ने भएकाले निकै खर्चिलो छ । हामी बागमती प्रदेश सरकार र नेपाल सरकारसँग बजेट बागिरहेका छांै ।
खानेपानी तथा सरसफाइको काम पनि निरन्तर भइरहेको छ । खानेपानीको काम गर्न बाक्लो बस्ती भएका गाउँमा गोर्खा वेलफेयरले एक घर एक धारा निर्माण गरिरहेको छ । पातलो बस्ती भएका गाउँमा गाउँपालिकाले योजना सञ्चालन गर्दैछ । सरसफाइमा सचेतना अभिवृद्धिमार्फत शौचालय निर्माण तथा प्रयोगलाई पूर्णता दिई पूर्ण सरसफाइयुक्त गाउँपालिका बनाउने योजना छ । माइक्रो हाइड्रो, सोलारबाट लिइरहेका छांै ।
सबै घरमा राष्ट्रिय प्रसारण लाइन पुर्‍याउन पहल भइरहेको छ । १० शय्याको ग्रामीण अस्पतालको दरबन्दी स्वीकृत भएको छ । अब एमबीएस डाक्टरसहितको अस्पताल सञ्चालन गर्छौं । अहिलेले तीन स्वास्थ्य चौकी र तीन आधारभूत स्वास्थ्य एकाइ सञ्चालनमा छन् । सडक सञ्जालमा पहुँच नभएका कारण गर्भवती तथा गम्भीर किसिमका घाइतेहरू हेलिकप्टरबाट काठमाडांै लाँदै आएका छौं । अस्पताल सञ्चालित भएपछि हेलिकप्टर चार्टर गर्नु पर्दैन कि भन्ने विश्वास लिएका छांै ।
चार माध्यमिक विद्यालय र १७ आधारभूत विद्यालय सञ्चालनमा रहेको छ । सबै विद्यालयमा बालकक्षा सञ्चालन गरेका छौं । एउटा माध्यमिक विद्यालयमा यसअघि कक्षा १२ सम्म पढाइ हँुदै आएको छ । यस वर्षबाट एउटा माध्यमिक विद्यालयमा कक्षा ११ को पढाइ सुरु गरेका छांै ।
उत्कृष्ट विद्यार्थीका लागि कक्षा ११ र १२ पढ्न वार्षिक ५० हजार अनुदान दिने व्यवस्था मिलाएका छांै । बालबालिकाहरूलाई विद्यालयबाट बाहिर जान रोक्न विद्यार्थी–पालिका कार्यक्रम सञ्चालन गरेका छांै ।
महिला तथा बालिबालिका र ज्येष्ठ नागरिकलाई पनि उमेर समूहअनुसारका कार्यक्रमहरू नेतृत्व विकास, आमा समूह निर्माण, सामुदायिक भवन निर्माण, सचेतना कार्यक्रम सञ्चालन, मेलमिलाप तालिमलगायतका कार्यक्रममार्फत सशक्तीकरण कार्यक्रम सञ्चालन गर्ने योजना बनाएका छांै ।
रुवी भ्यालीमा अझै पनि रैथाने बालीको बीउ छ । हामी रैथाने बाली प्रवद्र्धन गरी प्रांगारिक गाउँपालिका बनाउन चाहन्छौं । यहाँ उत्पादन हुने हरेक कृषिजन्य खाद्य वस्तु तथा पशुजन्य वस्तु प्रांगारिक बनाउन सहयोगी संस्थाहरू खोज्दै छांै । रुवी भ्यालीको आलुलाई बजारसम्म पुर्‍याउन आतुर छौं । हिमाली भेगमा फलेको आलु बेसी तथा सहरहरूमा अझ बढी महŒव हुन्छ । यहाँका रैथाने आलु, मकै, कोदो, जौ, गेडागुडीलाई ग्रेडिङ, प्याकेजिङ, लेबलिङ गरेर बजार पठाउने र स्थानीयको आयआर्जनलाई वृद्धि गर्ने योजना छ । यसका लागि रुवी भ्याली राष्ट्रिय राजमार्गमा जोडिनुपर्छ । यहाँ भेडा, च्याङ्ग्रा र स्थानीय जातका खसीबोकाको मासु र चौंरीको दूधबाट बनाइएको छुर्पी सहरियालाई कोसेली पठाउने योजना छ ।
रुवी भ्याली नाम र भौगोलिक विविधता उस्तै छ । धेरैलाई रुवी भ्याली जान मन छ । तर, सडक नभएका कारण जान पाउनुभएको छैन । अहिले जति जानुभएको छ, ती सबै बाह्य पर्यटक हुन् । उहाँहरू पनि हिमाल चढ्नका लागि जानुभएको हो । अब धेरै नेपालीको गन्तव्यका रूपमा विकास गर्न नेपाल पर्वतारोहण संघसँग हिमाल आरोहण तालिम सञ्चालन गर्ने योजना अघि सारेका छौं । पाबिल, गणेश र प्यालदोर हिमालमा हिमाल चढ्ने तालिम गर्न पाउने रहेछ ।
यसपालि ४ हजार ४ सय मिटर अग्लो पहाड सिम्लामा झाँकी महोत्सव गर्दै छांै । जनैपूर्णिमामा हिम्दुङमा रहेको तातोपानीमा महोत्सव गर्दै छौं । यस पालिकामा कालो दह, सेतो दह, तातोपानी कुण्ड, पाङसाङपास, माने डाँडा, नागपोखरी, दोङदेन पोखरी, गाठेन माने, गणेश कुण्ड, मेल्बु दरबारलगायतका सांस्कृतिक तथा सामाजिक र पर्यटकीय हिसाबले महŒव छन् । यी दह पाखरी, माने दरबारहरूको संरक्षण, संवद्र्धन गरेर पर्यटकलाई भरपुर आनन्द दिने योजना रहेको छ ।
गाउँपालिकामा पर्याप्त कर्मचारी छैनन् । पहिलो काम त कर्मचारी व्यवस्थापन गर्नुपर्ने छ । धेरै कर्मचारीहरू काज सरुवा गएका छन् । उहाँहरूलाई फिर्ता गराउने वा उहाँहरूको सरुवा गराई नयाँ कर्मचारी सरुवा ल्याउने के गर्दा सहज हुन्छ गर्नु छ ।
सचिवालय चुस्तदुस्त बनाई र जनउत्तरदायी काम गर्न हामी सबै जनप्रतिनिधिहरू प्रतिबद्ध छौं । हामी हाम्रो कार्यकाल पूरा हुँदासम्म रुवी भ्याली गाउँपालिका नेपालको नक्सामा धेरै नेपालीले खोज्ने र निजामती कर्मचारीले रोज्ने पालिका बनाउन लागिपरेका छौं ।

प्रतिक्रिया दिनुहोस्