ग्लोबल आइएमई बैंकले ल्यायो छात्रालाई छात्रवृत्ति कार्यक्रम «

ग्लोबल आइएमई बैंकले ल्यायो छात्रालाई छात्रवृत्ति कार्यक्रम

ग्लोबल आइएमई बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ‘ग्लोबल आईएमई छात्रालाई छात्रवृत्ति’ कार्यक्रम सुरु गरेको छ ।
कार्यक्रमअन्तर्गत यस वर्ष बैंकले विभिन्न सामुदायिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत विपन्नवर्गका ३५ जना जेहेन्दार छात्रालाई छात्रवृत्ति प्रदान गरेको छ । यी छात्रालाई कक्षा १२ सम्मको अध्ययनका लागि हरेक वर्ष छात्रवृत्ति प्रदान गर्ने बैंकले जनाएको छ ।
समाज विकासमा शिक्षाको महत्वपूर्ण भूमिका रहेको र महिला शिक्षित भएमा समाजको चेतनास्तर अभिवृद्धि हुनुका साथै आर्थिक रुपमा सबल हुन मद्दत पुग्ने हुनाले यो कार्यक्रम गरिएको बैंकको भनाइ छ ।
यस कार्यक्रमबाट आर्थिक समस्याका कारण बीचमै विद्यालय छाड्न बाध्य छात्रालाई न्यूनतम विद्यालय शिक्षा पूरा गर्न सहयोग पुग्ने विस्वास लिएको बैंकले जनाएको छ ।
‘ग्लोबल आईएमई छात्रालाई छात्रवृत्ति’ कार्यक्रमलाई निरन्तरता दिँदै बैंकले मुलुकका सातै प्रदेश समेट्ने गरी हरेक वर्ष ३५ जना छात्रालाई यसै कार्यक्रमअन्तर्गत छात्रवृत्ति प्रदान गर्दै जाने प्रतिवद्धता जनाएको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले यस्ता विभिन्न सामाजिक कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्