गोली प्रहार भएपछि गम्भीर घाइते भएका जापानका पूर्वप्रधानमन्त्री आबेको निधन «

गोली प्रहार भएपछि गम्भीर घाइते भएका जापानका पूर्वप्रधानमन्त्री आबेको निधन

जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको निधन भएको छ ।
चुनावी अभियान अन्तर्गत आज बिहान नारा शहरको सडकमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गरिरहेको बेला आबेमाथि गोलि प्रहार भएको थियो । उनी ६७ वर्षका बर्षका थिए ।
समाचारका अनुसार उनलाई आक्रमण गर्ने व्यक्तिलाई प्रहरीले हिरासतमा लिएको छ।
आबेले सन् २०१२ बाट पदभार ग्रहण गरेपछि आबेनोमिक्स भन्ने अर्थनीति अघि सारेका थिए । शीतयुद्धको अन्त्यसँगै मन्दीबाट प्रताडित जापानको अर्थतन्त्रलाई गतिशीलता दिन तथा अर्थतन्त्रको सुधारको साहसिक नीतिबारे प्रस्ट खाका २०१३ मा आएको ‘आबेनोमिक्स’ सफल मानियो । आबेनोमिक्सले वित्तीय पहुँच , मौद्रिक सरलीकरण र संरचनागत सुधारमा ध्यान केन्द्रित गरेका कारण सफल मानिएको हो । यसको प्रमुख लक्ष्य आन्तरिक समृद्धि र उत्पादनको अभिवृद्धि गर्दै मुद्रास्फीतिलाई निरन्तर कम (२ प्रतिशतमा) कायम राख्ने लक्ष्य राखेको थियो । आबेले संरचनागत सुधारको नीति ल्याएर जापानको समृद्धिको सम्भावनाको द्वार खोले, जसका कारण प्रतिस्पर्धाको बढोत्तरी भयो, श्रमिक बजारको सुधार भयो र व्यापारिक सम्झौताहरूको विस्तार भयो ।

प्रतिक्रिया दिनुहोस्