दुबई उच्च शिक्षासहित रोजगारी अवसर «

दुबई उच्च शिक्षासहित रोजगारी अवसर

रोजगारीका लागि नेपालीको आकर्षक श्रम गन्तव्य दुबई पछिल्लो समय नेपालको नयाँ शैक्षिक हव बन्न थालेको छ ।
दुबईमा रहेका विभिन्न विश्वविद्यालयले नेपाली विद्यार्थीका लागि गोल्डेन भिसा जारी गर्दै उच्च शिक्षाका लागि आह्वान गर्न थालेका छन् । डी मोन्टफोर्ड युनिभर्सिटी दुबईका प्रतिनिधिले हालै नेपालका शैक्षिक परामर्श संस्थासँग भेट गरी नेपाली विद्यार्थीको गुणस्तरयि उच्च शिक्षा र आवश्यक उच्च दक्ष जनशक्ति आवश्यक पर्ने क्षेत्रमा रोजगारीसहित उपलब्ध गराउने जनाएका छन् ।
विश्वविद्यालयका म्यानेजर स्टुडेन्ट लाइफ काजी तामाङले नेपाली विद्यार्थीका लागि आईटी र होटल म्यानेजमेन्ट आकर्षक रोजगारीसहित उच्च शिक्षाको अवसर रहेको बताए । सो विश्वविद्यालयले नेपाली सहित अन्य देशका विद्यार्थीका लागि विभिन्न अवसर उच्च शिक्षाका लागि अस्थायी बसोबास सरहको गोल्डेन भिसासमेत जारी गर्ने नीतिसमेत ल्याएको छ । नेपालमा शैक्षिक मेलाको आयोजना गर्दै सो विश्वविद्यालयका भाइस प्रिसिडेन्ट स्टुडेन्ट रिक्रुमेन्ट एन्ड स्टुडेन्ट लाइफ कृष्णकुमार सी नगदे नेपाली विद्यार्थीका लागि दुबई नयाँ शैक्षिक र उच्च दक्ष जनशक्तिका नयाँ गन्तव्य बनाउने सरकारको सोच रहेको बताए ।
दुबई विश्वका आर्कषक भम्रण र अन्तर्राष्ट्रिय व्यावसायिक केन्द्र बन्दै गएपछि त्यहाँको सरकारले विदेशी विद्यार्थीलाई आर्कषण गर्न नयाँ प्रवेश नीति लिएको जनाइएको छ । दुबई अध्ययान गर्न जाने नेपाली विद्यार्थी लागि पाथवे प्रोग्रामअन्तर्गत दुई वर्ष दुबई र दुई वर्षपछि उच्च शिक्षाको थप अवसरका लागि युके जाने अवसर रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्