ढाका कपडाको राजधानी तेह्रथुम «

ढाका कपडाको राजधानी तेह्रथुम

तेह्रथुम जिल्लालाई ढाका कपडाको राजधानी घोषणा गरिएको छ । नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र म्याङलुङ नगरपालिकाको संयुक्त आयोजनामा एक कार्यक्रमका बीच सोमबार तेह्रथुम जिल्लालाई ढाका कपडाको राजधानी घोषणा गरिएको हो ।
स्थानीय खानाका परिकार, स्थानीय जातीय झाँकीहरुका साथ उक्त घोषणा गरिएको थियो । विगत लामो समयदेखि तेह्रथुममा उत्पादन भएको ढाका कपडा तेह्रथुमे ढाकाको रुपमा परिचित हुँदै आएको छ । जिल्लामा उत्पादित ढाका कपडाको प्रवद्र्धन गरी ढाका उद्योगको विकास, विस्तार र बजारीकरण गर्ने उदेश्यका साथ जिल्लालाई ढाकाको राजधानी घोषणा गरिएको म्याङलुङ नगरपालिकाका नगप्रमुख संजय कुमार तुम्बाहाङ्फेले बताए । उनले भने, “स्थानीय सरकारले ढाका कपडालाई प्रवर्धन गर्न विगतका वर्षदेखि नै ढाका बुनाई सम्बन्धी व्यावसायिक तथा एड्भान्स तालिमहरु सञ्चालन गर्दै आएका छांै । गुणस्तर, धागो व्यवस्थापनमा नगरपालिकाले व्यवसायीहरुलाई सहयोग गर्दै आएको छ ।”
स्थानीय स्तरमा ढाका व्यवसाय गर्दै आएका व्यवसायीहरु कच्चा सामग्री अभावका साथै उचित बजार नहँुदा वर्षौंदेखि समस्यामा रहँदै आएका छन् । जिल्ला ढाकाको राजधानी घोषणा भएपछि व्यवसायीहरुको समस्या समाधन हुन्छ भन्ने आशा रहेको व्यवसायी शोभा दाहालले बताइन् । उनले भनिन्, “ढाका कपडा उत्पादनका लागि आवश्यक कच्चा सामग्री तथा बजारको एकदमै समस्या भइरहेकोमा स्थानीय स्तरमै कच्चा सामग्री उत्पादन भएको खण्डमा हामी ढाका व्यवसायीहरुलाई राहत हुन्थ्यो भन्ने आशा छ ।”
तेह्रथुममा उत्पादित ढाका कपडा नेपाल तथा विश्वको विभिन्न मुलुकहरुमा निर्यात हुँदै आएको छ । अन्तर्राष्ट्रिय बजारमा राम्रो माग भए पनि स्थानीय स्तरका उद्योग र अन्तर्राष्ट्रिय बजारसम्म पहुँच नहुँदा व्यवसायीले राम्रो आम्दानी लिन नसकेको गुनासो गर्ने गरेका छन् । जिल्लामा साडी, चोली दौरासुरुवाल, कोट, मेख्ली, टाइ, मखलर, कुर्तासुरुवाल लगायतका ढाकाका सामग्रीहरु उत्पादन हुँदै आएको छ ।
तेह्रथुमबाट वार्षिक ५ करोड मूल्य बराबरको ढाका कपडा देशका विभिन्न बजारहरुमा खपत हुने गरेका छन् । यसैगरी हङकङ, बेलायत, सिंगापुर, ब्रुनाई, भारत लगायतका देशहरुमा पनि तेह्रथुमे ढाकाको निर्यात बढ्न थालेको छ । विशेष गरी पूर्व क्षेत्रका नेपालीहरुको बसोबास रहेका देशहरुमा तेह्रथुमे ढाका कपडाको निर्यात हुँदै आएको छ ।
ढाका कपडाले जिल्लाको अर्थतन्त्रलाई ठूलो टेवा पु¥याएको छ । यसबाट हजारौं महिलाले रोजागरी समेत पाएका छन् । जिल्लामा पछिल्लो समय बजार केन्द्र सँगै गाउँ गाउँमा महिलाहरुले ढाका व्यवसाय संचालन गर्दै आएका छन् । जिल्लामा रहेको सरकारी तथा गैरसरकारी संस्थाहरुले बर्षेनी ढाका सम्बन्धी तालिमहरु संचालन गर्दै आएका छन् ।
हातैले बनाइएका तेह्रथुमे ढाका आकर्षक र गुणस्तरीय छ । यसको बजार प्रवद्र्धन गर्न सके जिल्लालाई नै आर्थिक रुपमा समृद्ध बनाउन सकिन्छ । मेसिन प्रयोग नगरी हातैले बनाएकाले तेह्रथुमे ढाकाको मूल्य अरु ठाउँको तुलनामा केही बढी रहेको छ । तर टिकाउ र गुरणस्तरको हिसावले सर्वोत्कृष्ट मान्निछ ।
राष्ट्रिय स्तरको औद्योगिक प्रदर्शनीमा तेह्रथुमे ढाका उद्यमीहरुले एक दशकदेखि नै ह्याण्डी क्याप शीर्षकमा सर्वोत्कृष्ट उद्यमीको स्थान हासिल गरिरहेका छन् । अन्य ठाउँहरुमा मेसिन प्रयोग गरी ढाका बुन्ने क्रम बढेको र तिनीहरुलाई पनि तेह्रथुमे ढाका भनी ग्रहकहरुलाई ठग्ने प्रबृत्तिको विकास पनि भइरहेको छ । लिम्वू जातीको बसोवास रहेको तेह्रथुममा ढाका कपडा बुन्न थालिएको इतिहास भने मानव सभ्यतासँगै जोडिएको पाइन्छ । शरीरलाई न्यानो राख्न लिम्वूनीहरुले कपासको धागोबाट कपडा बुन्न थाले । त्यसैको विकसित रुप ढाका कपडा भएको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्