खानेपानी उपभोक्ता समितिलाई लुम्बिनी विकास बैंकको सहयोग «

खानेपानी उपभोक्ता समितिलाई लुम्बिनी विकास बैंकको सहयोग

लुम्बिनी विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्र्तगत भकुण्डेवेशी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिलाई सहयोग गरेको छ ।
बैंकले समितिको कार्यालय नमाबुद्घमा रहेको संस्थालाई खानेपानी कार्यालय सञ्चालनका लागि कुर्सी टेबुल हस्तान्तरण गरेको छ ।

बैंकको भकुण्डेवेशी शाखा कार्यालयका प्रमुख विनोद गिरीले संस्थाका अध्यक्ष उद्घवप्रसाद हुमागाईंलाई उक्त सामान हस्तान्तरण गरेका हुन् । गिरीले भकुण्डेवेशी क्षेत्रमा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका लागि सहयोग गर्न पाउनु खुशीको कुरा रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्