महालक्ष्मी विकास बैंकद्वारा विद्यालयमा खानेपानी व्यवस्थापन «

महालक्ष्मी विकास बैंकद्वारा विद्यालयमा खानेपानी व्यवस्थापन

महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तरर्गत भक्तपुरको चाँगुनारायण नगरपालिका–६ नगरकोट, वेशीटोल स्थित श्री चेतना आधारभूत विद्यालयमा बालमैत्री खानेपानीको धारा निर्माण गरी विद्यालयलाई हस्तान्तरण गरेको छ ।
विद्यालयमा आयोजित एक कार्यक्रममा झक्तपुर शाखाका प्रबन्धक अनु श्रेष्ठले उक्त बालमैत्री धारा विद्यालयलाई हस्तान्तरण गरिन् ।

यस प्रकारको सहयोगले विद्यालयमा रहेका बालबालिकालाई स्वस्थ पिउने पानी उपलब्ध हुनुका साथै उनीहरुको सरसफाइमा सहयोग पुग्ने विश्वास लिएको बैंकले जनाएको छ । आगामी दिनमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक रुपान्तरणका विभिन्न कार्यक्रम सञ्चालन गर्ने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्