सिटिजन्स बैंकका ग्राहकलाई होटल हिमालयन भिल्लामा छुट

सिटिजन्स बैंक र नगरकोटको होटल हिमालयन भिल्लाबीच सम्झौता भएको छ ।
सम्झौताअनुसार सिटिजन्स बैंकका कार्डबाहकले होटल हिमालयन भिल्लाका विभिन्न सेवा सुविधामा ५० प्रतिशतसम्म छुट पाउने बैंकले जनाएको छ । बैंकले हालसम्म कार्ड नभएका आफ्ना ग्राहकलाई तत्कालै नयाँ कार्ड उपलब्ध गराउन सिटिजन्स इन्स्ट्यान्ट कार्डको व्यवस्थासमेत गरेको जनाएको छ ।

त्यसैगरी आफ्ना कार्डबाहकको सुविधालाई ध्यानमा राखी नेपाल भित्रका जुनसुकै बैंकको एटीएमबाट पैसा निकाल्दा शुल्क नलाग्ने व्यवस्था पनि बैंकले विभिन्न वचत खातामा गरेको छ ।