मुक्तिनाथ विकास बैंक र पर्वातारोही शेर्पाबीच सम्झौता

मुक्तिनाथ विकास बैंक र पर्वातारोही लाक्पा देण्डी शेर्पाबीच बैंकको सेवा सुविधाको प्रचार एवमं बैंकको सकारात्मक छवि प्रस्तुत गर्ने सम्झौतापत्र हस्ताक्षर गरेका छन् । लाक्पा देण्डी शेर्पा एक सफल पर्वातारोही हुन् जसले तीन पटक सगरमाथा आरोहण गर्ने सबैभन्दा छिटो समय १० दिन १८ घण्टा ३० मिनेट तय गरेका हुन् । उनी गिनिज रेकोेर्ड होल्डर पनि हुन् ।
बैंकको तर्फबाट प्रमुख बजारीकरण प्रवद्र्धन तथा संस्थागत मामिला विभागप्रमुख बसन्त बक्शी तथा शेपाले सम्झौतापत्र हस्ताक्षर गरेका हुन् ।

सम्झौता पश्चात शेर्पाले बैंकको सेवा सुविधाको प्रचार र बैंकको सकारात्मक छवि प्रस्तुत हुने गरी ब्राण्ड इन्फ्लुएनसरको रुपमा काम गर्नेछन् । उनले आगामी अभियानमा समेत बैंकलाई साथ राख्दै हातेमालो गर्दै अघि बढ्ने बताएका छन् ।
बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरी रहेका भिसा नेटवर्कमा आवद्ध अन्यजुनसुकै बैंकको एटीएम मेसिनबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।