Logo

महालक्ष्मी विकास बैंकका ग्राहकलाई रिगल हेटौंडा रिसोर्टमा छुट

महालक्ष्मी विकास बैंक र हेटौडा ५ स्थित रिगल हेटौंडा रिसोर्टबीच सहकार्य गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
उक्त सम्झौतापश्चात यस बैंकको डेबिट कार्ड, क्यूआर (स्क्यान पे) महालक्ष्मी मोबाइल बैंकिङमार्फत भुक्तानी गर्ने ग्राहकले रिसोर्टका सेवामा आकर्षक छुट प्राप्त गर्न सक्ने बताइएको छ । यस किसिमको सहकार्यबाट ग्राहकहरु लाभान्वित हुने विश्वास लिएको बैंकले जनाएको छ ।

यसका साथै डिजिटल युगसँग नेपाली जनतालाई साक्षात्कार गराउने अभिप्रायका साथ बैंकले विभिन्न शाखाहरुबाट जनचेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्दै आएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्