कामना सेवा विकास बैंकको शाखारहित बैंकिङ सेवा विस्तार «

कामना सेवा विकास बैंकको शाखारहित बैंकिङ सेवा विस्तार

कामना सेवा विकास बैंकले देशका विभिन्न स्थानमा शाखारहित बैंकिङ सेवा शुभारम्भ गरेको छ ।
बैंकले सेवा विस्तार गर्ने क्रममा २५ जेठमा झापाको गेउरियामा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । कमल गाउँपालिका वडा नं ७ गेउरिया बस्ने सन्तोष राईलाई शाखारहित बैंकिङ सञ्चालनको लागि व्यवसायिक प्रतिनिधि नियुक्त गरिएको बैंकले जनाएको छ ।
कार्यक्रममा बैंकको प्रदेश–१ का प्रमुख खिमलाल भुसाल, गेउरिया बजार समितीका अध्यक्ष नारायणप्रसाद निरौला लगायत बैंकका अन्य कर्मचारी, व्यावसायिक प्रतिनिधि तथा स्थानीय उपस्थित थिए ।
शाखारहित बैंकिङमार्फत खाता खोल्ने, निक्षेप संकलन, रकम भुक्तानी, विभिन्न बिल भुक्तानी लगायतका सुविधा प्रदान गरिने बताइएको छ । यो सेवाबाट ग्रामीण तथा बैंकिङ पहुँच नपुगेका क्षेत्रमा बैंकप्रति उल्लेख्य विश्वास एवं बैंकिङ अवधारणाको विकास हुने अपेक्षा विस्वास लिएको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्