Logo

डडेल्धुरामा सुरक्षित गर्भपतन गराउने बढ्दै

डडेल्धुरा – जिल्लामा बर्सेनि गर्भपतन गराउने महिला बढीरहेका छन् । दुई नगरपालिका र पाँचगाउँपालिका गरी सात वटा स्थानीयतह रहेको डडेल्धुरामा सुरक्षित गर्भपतन गराउने बढ्दै गइरहेका छन् । सुरक्षित गर्भपतन गराउने सूचीकृत स्वास्थ्य संस्थाहरूको संख्या बढेसँगै जिल्लामा सुरक्षित गर्भपतन गराउने पनि बढिरहेका हुन् ।
चालु आर्थिक वर्षको अहिलेसम्म मात्रै डडेल्धुरामा ८ सय ५४ जनामहिलाले सुरक्षित गर्भपतन गरेको स्वास्थ्य कार्यालयले जनाएको छ । जसमा ८ सय १५ जनाले औषधि र ३९ जनाले शल्याक्रियामार्फत सुरक्षित गर्भपतन गराएको स्वास्थ्यमा उल्लेख छ । हालसम्म जिल्लाभर १२ सय ७१ जनामहिलाले सुरक्षितगर्भपतन गराएका छन। जिल्लाका २० वटा सूचीकृत स्वास्थ्य संस्थाबाट सुरक्षितगर्भपतन सेवा दिइँदै आएको परिवार नियोजन संयोजक भवानी कुँवरले जानकारि दिए ।
औषधि र शल्यक्रिया गरी दुईवटा विधिमार्फत् सुरक्षित गर्भपतनगरिन्छ । जिल्ला सदरमुकामको डडेल्धुरा अस्पतालमा ३ महिनामा मात्रै १ सय ५७जनाले सुरक्षित गर्भपतन गराएका छन् । प्रतेक महिना ६० देखि ६५ महिलाले सुरक्षि गर्भपन गराउनु अस्पताल आउने गरेको अस्पताल नर्सिङ निरक्षक बालकुमारी बस्यालले जानकारि दिए ।
सूचीकृत स्वास्थ्य संस्थाहरूमा सुरक्षित गर्भपतन भए पनि अनेच्छिक गर्भ तथा गोपनियता नरहने र लिङ्ग पहिचान गरी गर्भपतन गराउनेहरु अवैधानिक रूपमा निजी स्वास्थ्य संस्थाहरूमा असुरक्षित गर्भपतन गराउने गरेको पाइएको छ ।
जिल्लामा अवैध रुपमा विभिन्न निजी क्षेत्रमागर्भ पतन गरेका कारण महिला समस्याआउने गरेको जिल्ला स्वाथ्यकार्यालयको तथ्याङ्कमाउल्लेख छ । डडेल्धुरामा अहिलेसम्म निजी अस्पताल र मेडिकलले चर्को पैसा असुलेर पनि गुणस्तरको औषधिन दिँदा झन समस्या आएको महिला संयम सेविकाको भनाइ रहेको ।

प्रतिक्रिया दिनुहोस्