वित्तीय साक्षरता प्रवद्र्धन गर्न ग्लोबल आइएमई बैंकको -याली

ग्लोबल आइएमई बैंकले वित्तीय साक्षरताको प्रवद्र्धनका लागि -यालीको आयोजना गरेको छ ।
शनिबार चितवनको नारायणगढ बजारको पुलचोकदेखि भरतपुर हाइटसम्म आयोजना गरिएको -यालीमा सहभागीहरूले वित्तीय साक्षरतामूलक नारा लेखिएका ब्यानर तथा प्लेकार्ड लिएका थिए ।
बचत गरौँ भन्ने मूल नाराका साथ आयोजित -यालीले सर्वसाधारणलाई वित्तीय कारोबारसम्बन्धी सचेतना अभिवृद्धि गर्नुका साथै वित्तीय कारोबारमा उनीहरूको पहुँच अभिवृद्धि गर्ने विश्वास लिएको बैंकले जनाएको छ ।
-यालीमा बैंक सञ्चालक समितिका अध्यक्ष, सञ्चालक समितिका सदस्यहरू, उच्च व्यवस्थापन तथा कर्मचारी गरी करिब ५०० जनाको उपस्थित थिए ।