प्रभु बैंकको क्यूआरमार्फत मुक्तिनाथ मन्दिरमा भेटी दान

प्रभु बैंकले मुक्तिनाथ मन्दिरमा क्यूआर कोडमार्फत भेटी दान गर्न सकिने प्रणाली सञ्चालन ल्याएको छ ।
नगद कारोबारलाई क्रमशः विस्थापित गर्दै डिजिटल भुक्तानीलाई प्रवद्धन गर्ने उद्देश्यले यो प्रणाली सुरू गरिएको बैंकले बताएको छ । नेपाल राष्ट्र बैंक पोखरा कार्यलयका प्रमुख डा रामशरण खरेलले क्यूआर कोड पेमेन्ट सिस्टमको उद्घाटन गरेका हुन् ।
खरेलले नेपालको बैंकिङ क्षेत्रमा सूचना प्रविधिको उच्चतम् प्रयोगबाट समग्र आर्थिक कारोबारमा विद्युतीय माध्यममार्फत सहज भएको बताए । प्रभु बैंक र फोनपेको संयुक्त पहलका कारण मुक्तिनाथ मन्दिर परिसर, बारागाउँ मुक्ति क्षेत्रमा भेटी दानका लागि नगदै बोक्नु पर्ने झन्झट हटेकोे उनले बताए ।
प्रभु बैंकका गण्डकी प्रदेश प्रमुख राजु रानाले प्रभु बैंकले सूचना प्रविधिको अधिकतम् प्रयोग गर्दै ग्राहकहरुलाई समय सपेक्ष नविनतम् बैंकिङ सेवा प्रवाहमा कटिबद्ध रहेको बताए ।