सेञ्चुरी कमर्सियल बैंक र सिद्धार्थ बिजनेश ग्रुपबीच सम्झौता

सेञ्चुरी कमर्सियल बैंक र सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीबीच सम्झौता भएको छ ।
बैंकको डेबिट कार्ड र क्रेडिट कार्डवाहक, मोबाइल बैंकिङ प्रयोगकर्ताहरु, सम्पूर्ण ग्राहक तथा बैकका कर्मचारीलाई सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीका सेवामा १० प्रतिशत र आवासमा २० प्रतिशतसम्म छुट प्रदानगर्ने गरी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख बजार अधिकृत अनुपमा श्रेष्ठ मानन्धर र सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीका तर्फबाट बजार प्रबन्धक र्निपेश श्रेष्ठले हस्ताक्षर गरे ।