Logo

सिभिल बैंकको नायब सीईओमा रायमाझी

सिभिल बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा सचिनजंग रायमाझी नियुक्त भएका छन् ।
हाल बैंकको प्रमुख कर्जा अधिकृतका रुपमा कार्य सम्पादन गर्दै आएका रायमाझीलाई सञ्चालक समितिको बैठकले १८ जेठदेखि लागू हुने गरी नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।
उनले नेपाल बंगलादेश बैंकबाट बैंकिङ सेवा सुरु गरेका थिए । सो क्रममा रायमाझीले नेपाल राष्ट्र बैंक लगायत विभिन्न बैंक (एन.सी.सी. बैंक, मेगा बैंक र प्रभू बैंक) मा गरी कुल एक्काइस वर्षको बैंकिङ अनुभव लिएका छन् ।
विगत साढे चार वर्षदेखि सिभिल बैंकको प्रमुख कर्जा अधिकृत तथा प्रमुख सञ्चालन अधिकृतको समेत भूमिका निर्वाह गरेका उनले नायब प्रमुख कार्यकारी अधिकृतकोे भूमिका समेत सफलतापूर्वक निर्वाह गरी बैंकलाई थप उचाइमा पु-याउनेमा बैंकले विश्वास लिएको छ ।

प्रतिक्रिया दिनुहोस्