Logo

लुम्बिनी विकास बैंकका नयाँ शाखा विस्तार

लुम्बिनी विकास बैंकले देशका विभिन्न ठाउँमा बैंकिङ सेवा पु-याउने उद्देश्यले बिहीबार थप ३ शाखा सञ्चालनमा ल्याएको छ ।
नयाँ खोलिएका शाखाहरुमा कञ्चनपुर जिल्ला, कृष्णपुर नगरपालिका –२ स्थित बाणी शाखा, कैलाली जिल्ला लम्कीचुहा नगरपालिका वडा नं.१ स्थित लम्की शाखा र कैलालीको गौरीगङ्गा नगरपालिका–७ स्थित मसुरिया शाखा रहेका छन् ।
बैंकको बाणी शाखाको बैंकका सञ्चालक चिन्तामणि भट्टराई र कृष्णपुर नगरपालिकाका नगर प्रमुख हेमराज ओझाले संयुक्त रुपमा उद्घाटन गरे । त्यस्तै लम्की शाखाको बैंकका सञ्चालक समितिका अध्यक्ष दशरथ रिसाल, लम्कीचुहा नगरपालिकाका नगर प्रमुख सुशीला शाही र उद्योग वाणिज्य संघ लम्कीचुहाका निवर्तमान अध्यक्ष पदमराज चौलागाईले संयुक्त रुपमा उद्घाटन गरे । यस्तै मसुरिया शाखाको बैंकका सञ्चालक केशव खतिवडा र गौरीगङ्गा नगरपालिकाका नगर प्रमुख देविदत्त कँडेलले संयुक्त रुपमा उद्घाटन विकास गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्