Logo

बैंक अफ काठमाण्डूको शाखा कास्कीको पावर हाउसमा

बैंक अफ काठमाण्डूले पोखरा महानगरपालिका–३० पावरहाउस चोकमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
सो शाखाको लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेय तथा बैंकका सञ्चालक मोहना लोहनीले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।
कार्यक्रममा सञ्चालक लोहनीले ग्राहकको उच्चतम लाभलाई मध्यनजर गर्दै बैंकले समय सुहाउँदो आवश्यक प्रविधिगत सेवाहरु उपलब्ध गराउँदै आएको बताइन् । उनले आगामी दिनमा पनि उत्कृष्ट बैंकिङ सेवा उपलब्ध गराउँदै जाने प्रतिवद्धता जनाइन् । गण्डकी प्रदेशमा थप शाखा कार्यालय पनि चाँडै सञ्चालनमा ल्याउने योजना योजना रहेको उनको भनाइ छ ।
लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष आत्रेयले बैंक अफ काठमाण्डूको शाखा सञचालनमा आएसँगै स्थानीयलाई आर्थिक कारोबार गर्न सहज हुने बताए । उनले ग्राहकमैत्री सेवा दिए बैंकप्रति सर्वसाधारणको थप विस्वास बढ्ने पनि बताए ।

प्रतिक्रिया दिनुहोस्