एनबीआई र सांग्रिला डेभलपमेन्ट बैंकबीच सम्झौता «

एनबीआई र सांग्रिला डेभलपमेन्ट बैंकबीच सम्झौता

नेसनल बैंकिङ इन्स्टिच्युट (एनबीआई) र सांग्रिला डेभलपमेन्ट बैंकबीच वित्तीय साक्षरता कार्यक्रमलाई प्रभावकारी ढंगले दु्रत गतिमा विस्तार गर्नका लागि यही चैत २४ गतेका दिन सम्झौतापत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतामा नेसनल बैंकिङ इन्स्टिच्युटको तर्फबाट सहायक महाप्रबन्धक धन थापा र सांग्रिला डेभलपमेन्टको तर्फबाट सहायक महाप्रबन्धक रजित मास्केले हस्ताक्षर गरेका हुन् ।
यस सम्झौतापत्रअनुसार सांग्रिला डेभलपमेन्ट बैंकका कर्मचारीहरूलाई नेसनल बैंकिङ इन्स्टिच्युटले बनाएको वित्तीय साक्षरतासम्बन्धी मोबाइल एपको संरचना र सुविधाहरूबारे विस्तृत जानकारी गराइनेछ ।
बैंकले आफ्ना सञ्जालमा रहेका सबै शाखाका कर्मचारीहरूलाई एनबीआई मोबाइल एपकाबारे ज्ञान दिलाई आ–आफ्नो ग्राहक माझ वित्तीय साक्षरता कार्यक्रमलाई सहजताका साथ विस्तार गर्नका लागिको प्रेरित गर्ने बैंकले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्