नबिल बैंकको आयोजनामा जलवायु परिवर्तनको असरबारे कार्यशाला «

नबिल बैंकको आयोजनामा जलवायु परिवर्तनको असरबारे कार्यशाला

नबिल बैंकले प्रवासी कामदारको स्वास्थ्य अवस्थालाई जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण गर्नेबारे कार्यशाला आयोजना गरेको छ । कार्यशालामा ला इस्ला नेटवर्कका प्रमुख कार्यकारी अधिकृत जेसन ल्गेएसर मुख्य प्रस्तुतकर्ताको रुपमा कार्यपत्र प्रस्तुत गरेका थियो ।
ला इस्ला नेटवर्क एउटा अनुसन्धान र परामर्श संस्था हो, जसले विश्वभर रहेका कामदार तथा तिनीहरुको समाजमा हुन सक्ने तापक्रम सम्बन्धी रोगहरु जस्तै परम्परागत बाहेकका पुराना मृगौला रोगहरुको रोकथाम गर्नेबारे काम गरिरहेको छ । जलवायु परिवर्तनको समयमा यो संस्थाले कामदारको स्वास्थ्यलाई सम्बोधन गर्न प्रमाणमा आधारित समाधानको विकास तथा कार्यान्वयन गर्दै आएको छ ।
नबिल बैंकले दिगो विकासका पहललाई समर्थन तथा कार्यन्वयन गर्दै आइएको छ । यो कार्यशाला पनि समाजमा दिगो विकासका लागि महत्वपूर्ण रहने विश्वास गरिएको छ । उक्त कार्यक्रमलाई नेपाली मुद्रा विप्रेषक संघको सहयोगमा सञ्चालन गरिएको थियो ।
नबिल बैंकका अध्यक्ष, उपेन्द्र प्रसाद पौडेलले ला इस्ला नेटवर्कका प्रमुख कार्यकारी अधिकृत जेसनले गरेको अनुसन्धान तथा विभिन्न काम नेपाली प्रवासी कामदारको लागि निकै महत्वपूर्ण रहेको र यो अनुसन्धानको निष्कर्ष र समाधानले जलवायु परीवर्तनका कारण नेपाली प्रवासी कामदारको स्वास्थ्यमा पर्न जाने असरलाई समयमै पहिचान गरी सो को आवश्यक समाधान गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्