Logo

स्वावलम्बन लघुवित्तद्वारा बारा–पर्साको हावाहुरी पीडितलाई राहत वितरण

स्वावलम्बन लघुवत्ति वित्तीय संस्थाले बारा जिल्लास्थित फेटा गाउँपालिकाको पुरैनिया र भर्वलिया तथा प्रसौनी गाउँपालिकाको खुटुवा जब्दी गाउँमा आएको विनासकारी हावाहुरी पीडित घरपरिवारलाई ४ लाख ६० हजार रुपैयाँ नगद राहत वितरण गरेको छ ।
संस्थाले हावाहुरीका पीडितलाई पहिचान गरी थप राहत तथा सहयोग गर्ने बताएको छ । वित्तीय संस्थाले हावाहुरीबाट घर भत्किएर हाल सार्वजनिक स्थानमा बस्दै आएका, घरमा रहेको खाद्यान्न तथा लत्ता, कपडा साथै पशुपन्छीको समेत नोक्सान भएको प्रारम्भिक तथ्यांकको आधारमा शाखा कार्यालय कलैया, बारामार्फत उक्त रकम उपलब्ध गराएको हो । संस्थाले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न समयमा आउने प्राकृतिक प्रकोपबाट पीडित घरपरिवारलाई पटक–पटक राहत तथा विभिन्न सहयोग कार्यक्रम निरन्तर रूपमा गर्दै आएको पनि जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्