बिर्तामोडमा सेन्ट्रल फाइनान्सको शाखा

सेन्ट्रल फाइनान्स लिमिटेडले झापाको बिर्तामोड–४, भद्रपुर रोडमा बिर्तामोड शाखा सञ्चालनमा ल्याएको छ । बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीले उद्घाटन गरेको शाखा वित्तीय संस्थाको १६ औं शाखा हो ।
नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजत पत्र प्राप्त वित्तीय संस्थाको रुपमा विगत २५ वर्षदेखि गुणस्तरीय बैंकिङ सेवा दिँदै आएको संस्थाको ललितपुरको कानदेवस्थानस्थित आफ्नै नवनिर्मित केन्द्रीय कार्यालय सहित काठमाडौंको चाबहिल र गोंगबु गणेशस्थान, चितवनको नारायणगढ, रुपन्देहीको बुटवल, भक्तपुरको च्याम्हासिंह, महोत्तरीको बर्दिबास, नवलपरासीको बर्दघाट, बाराको सिमरा, सिन्धुलीको भिमान र डकाहामा रहेको जनाएको छ । त्यस्तै सर्लाहीको लालबन्दी, धनुषाको जनकपुर, सुनसरीको इटहरी गरी १४ वटा शाखा र भक्तपुरको सल्लाघारीमा १ एक्सटेन्सन काउन्टर सञ्चालनमा रहेको तथा संस्थाले छिट्टै नै रुपन्देहीको भैरहवामा नयाँ शाखा सञ्चालनमा ल्याउने गरी तयारी भइरहेको र भविष्यमा थप शाखा खोली शाखा सञ्जाल र कार्यक्षेत्र थप विस्तार गरिने संस्थाका प्रमुख कार्यकारी अधिकृत रजोज मान श्रेष्ठले बताए ।
संस्थाले डेबिट कार्ड, एसएमएस बैंकिङ, चेक क्लियरिङ, आईपीएस, कनेक्ट आईपीएस, रेमिट्यान्स तथा सी–आस्वा जस्ता आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।