कामना सेवा विकास बैंकको शाखारहित बैंकिङ सेवा विस्तार «

कामना सेवा विकास बैंकको शाखारहित बैंकिङ सेवा विस्तार

कामना सेवा विकास बैंकले पाल्पाको तानसेन नगरपालिका–९ दमकडामा शाखारहित सेवा सरुवात गरी सञ्चालनमा ल्याएको छ ।
बैंकले देशका विभिन्न स्थानमा सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पु¥याउने उद्देश्यका सो शाखारहित सेवाको सुरुवात गरेको जनाएको छ । स्थानीय महिमा पुस्तक एण्ड मोबाइल सेण्टरमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको बैंकले जानकारी दिएको छ ।
वडा नंं ९ का वडा अध्यक्ष्यश्री हरिष सोमर रेग्मी र बैंकका संस्थापक एवं पूर्व सञ्चालक रामप्रसाद पोखरेलले शाखारहित बैंकिङ सेवाको संयुक्र रुपमा उद्घाटन गरेका हुन् ।
शाखारहित बैंकिङमार्फत खाता खोल्न, निक्षेप संकलन, रकम भुक्तानी, विभिन्न बिल भुक्तानीलगायतका सुविधा प्रदान गरिने बताइएको छ । यो सेवाबाट ग्रामीण तथा बैंकिङ पँहुच नपुगेका क्षेत्रमा बैंकप्रति उल्लेख्य विश्वास एवं बैंकिङ अवधारणाको विकास हुने अपेक्षा लिएको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्