किमले ३ सेकेन्ड बाटो रोकेका फोटोग्राफरलाई जागिरबाट निकाले «

किमले ३ सेकेन्ड बाटो रोकेका फोटोग्राफरलाई जागिरबाट निकाले

प्योङयाङ-उत्तर कोरियाली शाशक किम जोङ उनले आफ्नो निजी फोटोग्राफरलाई जागिरबाट निकालेका छन् । ३ सेकेन्ड किमको बाटो छेकेको आरोपमा उनलाई किमले जागिरबाट निकालेका हुन् । किम जनतासँग कुराकानी गरिरहेको समयमा फोटोग्राफर तस्बिर लिनका लागि उनको अगाडि आएका थिए । यसैका कारण केबल ३ सेकेन्ड सम्म बाटो रोकिएको थियो ।
स्थानिय मिडियाका अनुसार फोटोग्राफरको नाम री हो । रीले जुन एंगलबाट फोटो लिइरहेका थिए उनको क्यामेराको फ्ल्यासबाट किमको टाउकोलाई पनि समेटेको थियो । रीमाथि यो फोटोग्राफीका लागि बनाइएको दुई मिटरको प्रतिबन्ध उल्लंघन गरेको आरोप लागेको छ । यसका साथसाथै रीमाथि किमको अगाडि आएप्र फोटो वा भिडियो नलिने नियमको उल्लंघन गरेको आरोप पनि लागेको छ । रीले गत महिना हनोइमा डोनाल्ड ट्रम्पसँग किमको भेटघाटको तस्बिर खिचेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्