मुक्तिनाथ विकास बैंकको शाखा घोराहीमा

दाङ-मुक्तिनाथ विकास बैंकको शाखा दाङको घोराहीमा विस्तार गरिएको छ । शाखाको आइतबार एक कार्यक्रमको आयोजना गरी उद्घाटन गरिएको हो । घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले बैंकको उद्घाटन गरेका हुन् । बैंकको उद्घाटन गर्दै नगरप्रमुख चौधरीले नगरमा आर्थिक विकासमा बैंकले सहयोग पु¥याउने बताए । बैंकबाट ऋण लिएर व्यवसाय गर्नेसमेत सहजता हुने उनको भनाइ छ ।
व्यवसाय गर्दा रोजगारको समेत सिर्जना हुने चौधरीको भनाइ छ । सबै मिलेर नगरलाई व्यवस्थित बनाउन लाग्नुपर्ने उनको भनाइ छ । अहिले घोराहीमा पार्किङकको समस्या रहेको भन्दै व्यवस्थित पार्किङ स्थल निर्माणका लागि उपमहानगरपालिका लागि परेको बताए । “हामी निजी क्षेत्रसँग सहकार्य गरेर पार्किङ व्यवस्र्थित गर्न लागि पर्ने छौं,” नगरप्रमु चौधरीले भने । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गोविन्द्रप्रसाद रिजालले बैंक स्थापनासँगै नागरिकले गरेको आम्दानी बचत गर्न र ऋण लिनका लागि समेत सहज हुने बताए ।
बैंकहरू सहर केन्द्रित मात्र नभई ग्रामीण स्थरसम्म पनि विस्तार हुनुपर्ने बताए । जसले गर्दा वित्तीय सेवा लिन नागरिकलाई सहजता हुने उनको भनाइ छ । बैंकहरू अरूभन्दा फरक भएर अगाडि बढ्न उनको सुझाव छ । बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत गोविन्द्रबहादुर राउतले बैंकको हालसम्म १ सय २० वटा शाखा रहेको जानकारी दिए । बैंकले बिनाधितो ५ लाख रुपैयाँसम्म ऋण दिनेसमेत बताए । बंक स्याङजाबाट सुरु भएको र हाल देशभरि नै शाखा विस्तार गरेको उनको भनाइ छ ।
बैंकले ग्राकको मागअनुसार सेवा दिने बताए । बैंकको अहिले ४० अर्ब निक्षेप संकलन भएको बताए । ३५ अर्ब लगानी गरेको उनको भनाइ छ । बैंकले ४० प्रतिशत रकम उत्पादनशिल क्षेत्रमा लगानी गरेको सहायक प्रमुख कार्यकारी अधिकृत राउतको भनाइ छ । त्यसै गरेर ३० प्रतिशत कृषि क्षेत्रमा लगानी गरेको बताए । बैंकका ४ लाख बढी सेवाग्राही छन् । बैंकले लघुवित्तीय सेवालाई प्राथमिकता दिएको उनको भनाइ छ ।
कार्यक्रममा घोराही उपमहानगरपालिका–१५ का वडा अध्यक्ष रमेशकुमार पाण्डे, नागरिक समाज दाङका संयोजक चन्दराज पन्त, नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष सविन प्रियासनलगायतकाले भनाइ राखेका थिए । बैंकका विकल घिमिरेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण अनुगमन अधिकृत प्रमुख तेज गिरीले गरेका थिए ।