अक्सिजनसहितको एक्बुलेन्स सञ्चालनमा

मुगु- बिकट हिमाली जिल्ला मुगुमा रहेको नेपाल रेडक्रस सोसाइटी शाखा मुगुले अक्सिजन सहितको एम्बुलेन्स सञ्चालनमा ल्याएको छ ।
कोरोना महामारीले बिश्वभरी थला परिरहेको बेला मुगु जिल्ला पनि अछुतो नरहेको बेला कोभिडका बिरामी र अन्य बिरामीलाई सरल रुपमा स्वास्थ्य सस्थामा उपचार गर्न सहज बनाउनको लागी जिल्ला विपद् ब्यावस्थापन समिति मुगुको आर्थिक सहयोग बाट सञ्चालित एम्बुलेन्स पहजो आज नेपाल रेडक्रस सोसाइटीले अक्सिजन प्रयोग हुने बिरामीका लागि सहज रूपमा उद्धार गर्नका लागि एम्बुलेन्समा अक्सीजन सिलिन्डर सहीत जडान गरी एक्बुलेन्स सन्चालनमा ल्याएको नेपाल रेडक्रस सोसाइटी शाखा मुगुका सभापति जयबहादुर मल्लले बताएक छन् ।
हिमाली जिल्ला मुगुमा धेरैजसो बिरामीहरू दमखोकी र अन्य धेरै बिरामीहरूलाई श्यावस प्रशारणका बिरामीहरू बोक्नुपर्ने भएको हुँदा बिरामीहरूको सहज रूपमा स्वास्थ्य सस्था पु¥यााउनका लागि सहजताको लागि अक्सिजन सिलिन्डर जडान गरिएको साथौ एम्बुलेन्स चालकबाट दुरुपयोग नहोस् भन्ने हिसाबमा एम्बुलेन्समा जीपीएससमेत जडान गरिएको सभापति मल्लले बताएका छन् ।
जिल्लामा जिल्ला स्वास्थ्य कार्यालय, नेपाल रेडक्रस सोसाइटी, छाँयानाथ सहकारी ,मुगमकामारोड गाउँपालिका सोरु गाउँपालिका, खत्याड गाउँपालिकालगायत आधादर्जज एम्बुलेन्स प्रयोगमा आए पनि जिल्लामा धेरै जसो बस्तीहरूमा सडक सञ्जालले नजोडिएको हुँदा बिरामीहरूलाई सहजै रूपमा स्वास्थ्य सस्थामा पुर्याउन नसक्र्ने भएको हुँदा दुःख लाग्ने गरेको एम्बुलेन्स चालकहरूको गुनासो छ ।