कामना सेवा विकास बैंकको शाखारहित बैंकिङ सेवा विस्तार «

कामना सेवा विकास बैंकको शाखारहित बैंकिङ सेवा विस्तार

कामना सेवा विकास बैंकले थप ३ स्थानमा मोबाइल एप मार्फत शाखारहित बैंकिङ सेवा सुरुवात गरेको छ ।
बैंकले सेवा विस्तार गर्ने क्रममा रुपन्देही जिल्लाको देवदह नगरपालिका –८, अर्घाखाँची जिल्लाको सितगंगा नगरपापिलका–२, सितापुर र लमजुङ जिल्लाको मध्यनेपाल नगरपालिका–७ रामबजारमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ ।
देवदह नगरपापिलकामा देवदह मोबाइल एण्ड कम्प्युटर, सितगंगा नगरपालिकामा सचिन मोबाइल सेन्टर र मध्यनेपाल नगरपालिकामा इशानेश्वर शाखारहित बैंकिङमार्फत खाता खोल्न, निक्षेप संकलन, रकम भुक्तानी, विभिन्न बिल भुक्तानी लगायतका सुविधा प्रदान गरिनेछ । यो सेवाबाट ग्रामीण तथा बैंकिङ पहँंच नपुगेका क्षेत्रमा बैंकप्रति उल्लेख्य विश्वास एवं बैंकिङ अवधारणाको विकास हुने अपेक्षा लिएको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्