नेपाल बैंक बन्यो निक्षेप संकलनमा पहिलो
नेपाल बैंक लिमिटेडले निक्षेप संकलन तथा कर्जा विस्तार दुवैमा उच्च वृद्धि गरेको जनाएको छ ।
गत माघ महिनामा नेपालका २७ वटा वाणिज्य बैंकहरुमध्ये निक्षेप संकलन वृद्धिको आधारमा नेपाल बैंक प्रथम स्थानमा छ भने कर्जा विस्तारमा वृद्धिको आधारमा नेपाल बैंक दोस्रो स्थानमा रहेको छ । गत माघ महिनामा नेपाल बैंकको निक्षेप २१.२६ प्रतिशतले वृद्धि भएको देखिन्छ भने कर्जा विस्तार २८.५१ प्रतिशतले वृद्धि भएको देखिन्छ ।
२७ वाणिज्य बैंकहरुमध्ये १६ वटा वाणिज्य बैंकहरुको निक्षेप वृद्धि भएको छ भने १० वटा वाणिज्य बैंकहरुको निक्षेपमा गिरावट भएको छ । वाणिज्य बैंकहरुको औसत निक्षेप वृद्धिदर १०.३७ प्रतिशत रहेको छ । त्यसैगरि २७ वटै वाणिज्य बैंकहरुको कर्जा विस्तारमा वृद्धि भएको छ । औषतमा वाणिज्य बैंकहरुको कर्जा विस्तारमा १६ प्रतिशतको वृद्धि भएको देखिन्छ ।
बैंकले नेपालभर २१३ शाखाहरु, १४७ एटीएम मेसिन साथै ४७ वटा एक्सटेन्सन काउन्टर मार्फत करिब २० लाख ग्राहकलाई वित्तीय सेवा दिएको जनाएको छ ।