गोरखाको बिरुवाटारमा ग्लोबल आइएमईको एक्सटेन्सन काउन्टर

ग्लोबल आइएमई बैंकले गोरखा जिल्लाको पालुङ्गटार नगरपालिका वडा नं ७, बिरुवाटारमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ ।
बैंकले सेवाग्राहीको बढ्दो चाप र बिस्तारित बैंकिङ सेवाको आवश्कतालाई मध्यनजर गर्दै यो एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको हो। यो बैंकको ४९ औं एक्सटेन्सन काउन्टर हो । यसको उद्घाटन पालुङ्गटार नगरपालिकाका मेयर दिपकबाबु कँडेलले गरेका छन् ।
‘सबैका लागि बैंक’ भन्ने नाराका साथ बैंकले २७ लाखभन्दा बढी ग्राहकहरूलाई सेवा प्रदान गर्दैछ । बैंकले देशभर बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले ७६ जिल्लामा २८७ शाखा, २५२ एटीएम, २७४ शाखारहित बैंकिङ सेवा, ४९ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी ८५० भन्दा बढी सेवा केन्द्रबाट ग्राहकलाई सेवा दिँदै आएको छ ।