Logo

सामसङसँगको अन्तर घटाउदै हुवावे

सोल-गत वर्ष विश्वव्यापी स्मार्टफोन बजारमा चिनियाँ प्रविधि कम्पनी हुवावेले सामसङसँगको अन्तर कम गरेको तथ्यांकले देखाएको छ । अन्तर साघुरिएसँगै हुवावेले २०१९ मा दक्षिण कोरियाली प्रविधि कम्पनीलाई उछिन्ने अनुमान गरिएको छ ।
स्ट्राटेजी एनालाइटिक्सले संकलन गरेको तथ्यांक अनुसार सामसङले गत वर्ष थोक बिक्रीका आधारमा विश्वव्यापी स्मार्टफोन बजारको आम्दानीका आधारमा १८.९ प्रतिशत हिस्सा लिएको थियो । यो रकममा ७३.१ अर्ब डलर हुन आउछ । यो आम्दानी अघिल्लो वर्षको २०.८ प्रतिशत अर्थात ७७.२ अर्ब डलरको दाजोमा कम हो ।
तर सामसङको अर्को ठूलो प्रतिद्वन्द्वी एप्पपले भने बढी मूल्यको मोडलमा जोड दिएर आफ्नो उपस्थितिलाइ विस्तार गरेको छ । गत वर्ष एप्पलले १५६ अर्ब डलरको स्मार्टफोन बिक्री गरेको थियो । आम्दानीका आधारमा विश्वव्यापपी स्मार्टफोन बजारमा एप्पलको हिस्सा ४०.४ प्रतिशत पुगेको छ । यो अघिल्लो वर्षको ३९.८ प्रतिशतको तुलनामा बढी हो ।
चिनियाँ ब्रान्ड हुवावेले भने विशाल घरेलु बजार र मूल्य प्रतिस्पर्धी फोनको सहयोगमा सामसङसँगको अन्तरमा भने कम गरेको छ । गत वर्ष यो ब्रान्डको बजार हिस्सामा पनि वृद्धि भएको छ ।
आम्दानीका आधारमा गत वर्ष हुवावेले विश्वव्यापी स्मार्टफोन बजारमा १२ प्रतिशतको हिस्सा लिएको थियो । यो कम्पनीको आम्दानीमा अघिल्लो वर्षको ७.७ प्रतिशतको तुलनामा वृद्धि भएर ४६.२ अर्ब डलर अर्थात १२ प्रतिशत पुगेको छ ।
आम्दानीका आधारमा ओपो र भिभोको बजार हिस्सा क्रमशः ६.३ प्रतिशत र ५.४ प्रतिशत कायम भएको छ । यो अघिल्लो वर्षको ६.२ र ४.३ प्रतिशतको तुलनामा बढी हो ।
औद्योगिक अवलोकनकर्ताका अनुसार आम्दानीका आधारमा हुवावेले यसै वर्ष सामसङलाई उछिन्ने छ ।
सञ्चालन नाफाका आधारमा एप्पल लगातार पहिलो स्थानमा रहन सफल हुदै आएको छ । विश्वका स्मार्टफोनहरुले गरेको संयुक्त नाफामा एप्पलको हिस्सा ७८ प्रतिशत रहेको छ । दोस्रो सामसङको १४ प्रतिशत र तेस्रो हुवावेको ४ प्रतिशत रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्