Logo

सानिमा बैंकको तीन शाखा एकैसाथ विस्तार

सानिमा बैंकले कावासोती, बर्दिवास र अत्तरिया गरी तीन स्थानमा बैंकका नयाँ शाखा विस्तार गरेको छ ।
यी तीनवटै शाखाबाट कारोबार सञ्चालनमा आएपछि बैंकको देशभर शाखा संख्या एकसय २२ पुगेको बैंकले जनाएको छ । कावासोती–८, नवलपुरस्थित कावासोती शाखाको कावासोती नगरपालिकाका मेयर चन्द्रकुमारी पुनले उद्घाटन गरिन् ।
यसैगरी बर्दिबास–१, महोत्तरीस्थित बर्दिवास शाखाको समुद्घाटन बर्दिवास नगरपालिकाका मेयर बिदुरकुमार कार्की र गोदावरी नगरपालिका–१, अत्तरियास्थित अत्तरिया शाखा गोदावरी नगरपालिकाका मेयर हरिसिंह साउद र उद्योग वाणिज्य संघका अध्यक्ष अशोकराज देवकोटाले संयुक्त रुपमा गरेको बैंकले जनाएको छ ।
यी शाखाहरु सञ्चालनमा आएसँगै सो क्षेत्रका बासिन्दालाई गुणस्तरीय बैंकिङ सेवामा सहज पहुँच हुने विश्वास लिएको बैंकले जनाएको छ । तीन स्थानमा शाखा बिस्तारसँगै बैंकको देशका सातै प्रदेशमा एक सय २२ कार्यालय र एकसय २ वटा एटीएम सञ्चालनमा रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्