Logo

४० क्वीन्टल अवैध जडीबुटी प्रहरी नियन्त्रणमा

प्रहरीले नियन्त्रण गरेको जडीबुटी बोकेको ट्याक्टर । तस्बिरः सागर परियार ।

जुम्लामा अवैध रूपमा संकलन गरी बजारमा बिक्रीका लागि लिदै गरेको जडिबुटी प्रहरीले नियन्त्रणमा लिएको छ । संकलन पुर्जी र छुट पुर्जी बिना लैजाँदै गरेको ४० क्वीन्टल सेतक चिनी जडीबुटी प्रहरीले नियन्त्रणमा लिएको हो ।
जुम्ला पातारासी गाउँपालिका ३ उर्थुचौतारामा गढीगाउँ देखि सदरमुकाम खलंगातिर आउदै गरेको जडीबुटी बोकेका २ ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको डीएसपी नरेन्द्र चन्दले बताए । चेकजाँचका क्रममा संकलन पुर्जी र छुट पुर्जी भेटिएन । प्रहरी नायब उपरीक्षक चन्दले भने, “बिना अनुमति अवैध रुपमा संकलन गरी बेच्न लैजादै गरेका दुबै ट्याक्टरमा ल्याएको ४० क्वीन्टल जडिबुटी नियन्त्रणमा लिएर डिभिजन बन कार्यालयमा बुझाएको छ । चालकसहित जडिबुटी संकलन सबैलाई कारबाहिका लागि वन कार्यालयलाई बुझाएका छौ ।”
पातारासी गाउँपालिका ७ बस्ने टेकेन्द्र बुढा र असल कठायतले ट्याक्टर चलाईरहेको अवस्थामा जडीबुटी नियन्त्रणमा लगिएको हो । संकलन पुर्जी तथा छुट पुर्जी जडीबुटी ओसार पोसार गर्नु अवैध मानिन्छ । तर गाउँमा खुलेआम कानुनविपरीत वनपैदावार जडीबुटी संकलन गर्ने गरेको भेटिन्छ । यस्ता कार्यकालाई रोक्न वन कार्यालयले आफेना सचेतनामुलक कार्यक्रम गाउँगाउँमा सञ्चालन गर्ने डिभिजन वन कार्यालय जुम्लाका प्रमुख दिनेश खत्रीले बताए ।
जडीबुटीसहित नियन्त्रणमा आएका चालक र संकलक सबैसँग बुझेर प्रक्रियामा जोन बताइएको छ ।


फरार प्रतिवादी पक्राउ

जिल्ला प्रहरी कार्यालय जुम्लाले ज्यान मार्ने उद्योगमा आरोपित फरार प्रतिवादी एकजनालाई पक्राउ गरेको छ । तिला गाउँपालिका ४ सापुल्ली गाउँका टोपबहादुर शाहीका छोरा कलम शाहीलाई घरबाट पक्राउ गरेको हो । ज्यान मार्ने उद्योग मुद्दामा आरोपित प्रतिवादी कलम शाही ज्यान मार्ने उद्योग मुद्दामा वारदात मितिदेखि फरार रहेका थिए ।प्रतिबादी शाहीलाई पक्राउ गरेरजिल्ला अदालत जुम्लाबाट ५ दिनको म्याद थप अनुमति लिइ हिरासत कक्षामा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्